एजेन्सी । हामी जस्तो खान्छौ त्यस्तै बन्छौँ । राम्रो खाना खायौं भने स्वस्थ हुन्छौँ, नराम्रो खाना खायौँ भने विभिन्न रोगको शिकार बन्न पुग्छौँ । खानेकुरा र स्वास्थ्य एक अर्काको परिपुरक हुन् । यी दुई एक अर्कासँग जोडिएको हुन्छ । स्वस्थ रहन खानपानमा बिशेष ध्यान दिनु जरुरी हुन्छ।
ब्रोकाउली खाँदा अन्य थुप्रै किसिमका फाइदाहरु मिल्छ।
१.प्रतिरक्षा शक्ति
ब्रोकाउलीको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ जसले गर्दा रोगहरुसँग लड्न र प्रतिरक्षा गर्न सक्छ ।
२. मधुमेहबाट जोगाउँछ
ब्रोकाउलीको नियमित सेवनले मधुमेहबाट पनि बचाउँछ । ब्रोकाउलीमा पाइने एन्टिअक्सिडेन्ट तथा फाइबरले रगतमा चिनीको मात्रा उचित राख्न सहयोग गर्छ । जसकारण मधुमेहको खतरा कम हुन्छ । यसमा पाइने क्रोमियमले मधुमेह हुनबाट रोक्छ ।
३.आँखालाई फाइदा
ब्रोकाउलीको सेवनले मोटाइब्स र मांसपेशी अन्धोपन जस्ता समस्याहरुबाट जोगाउन सहयोग गर्छ । बेटा केराटाइन नामक पोषक तत्वले गर्दा आँखामा मोतिविन्दु र मस्कुलर डिजेनरेसन हुनबाट पनि रोक्छ ।
४.छालाको हेरचाह
ब्रोकाउली छालाको लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीको सेवनले छालाको क्यान्सरको खतरा कम गर्छ र विकिरणहरुको प्रभाव घटाउँछ जसले गर्दा छाला डढ्ने समस्या घट्छ । यसमा पाइने सल्फोराफेन नामकोे तत्वले ब्रोकाउली शरिरमा रगड्दा छालाको क्यान्सरको जोखिम कम गर्छ ।
५. स्तन क्यान्सरबाट बचाउँछ
ब्रोकाउलीमा पाइने यौगिक सल्फोराफेनले स्तन क्यान्सरको कोसिकाहरु बढ्न कम गर्छ । स्तन क्यान्सरको प्रारम्भिक चरणमा यसको सेवनले निकै फाइदा पुर्याउँछ ।
६. उच्च रक्तचाप कम गर्छ
ब्रोकाउली भिटामिन सी र क्याल्सियमको राम्रो स्रोत हो । यसमा पाइने सल्फोराफेनले उच्च रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ ।
७.फोक्सोलाई फाइदा
मानव शरिर तन्दुरुस्त राख्न फोक्सोले निकै महत्वपुर्ण भूमिका खेल्छ । ब्रोकाउलीको नियमित सेवनले संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्दुरुस्त बनाउन सक्छ । ब्रोकाउलीले फोक्सोमा भएको किटाणुहरुलाई बाहिर निकाल्ने काम गर्छ र फोक्सो सम्बन्धी विभिन्न रोगहरुबाट छुटकारा पाउन मद्दत गर्छ ।
८. हड्डी बलियो बनाउँछ
ब्रोकाउलीमा क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र जिंक पाइन्छ । जसले गर्दा शरिरको हड्डीलाई मजबुत बनाउँछ । यसमा पाइने भिटामिन सीले शरिरमा तन्तु तथा हड्डीको लागि चाहिने तत्व उत्पादनमा पनि सहयोग गर्छ ।
९. घाउ चाँडो निको पार्छ
ब्रोकाउलीमा बायोएक्टिभ कम्पाउन्डले शरिरमा हुने संक्रमणलाई रोकन सहयोग गर्छ । घाउहरु सुन्निन र संक्रमण हुन दिँदैन् र घाउ पनि चाँडो निको हुन्छ ।