काठमाडौं - योग शाररिक र मानसिक अभ्यासको एक वैज्ञानिक प्रणाली हो । यसको उदेश्य व्यक्तिको उच्च क्षमताको विकास गर्न र स्वास्थ्य जिवन जिउँदै आनन्द अनुभुती गराउँन सहयोग गर्नु हो । शारीरिक अभ्यासहरु, आसनहरु, प्राणायामहरु, र वैदिक तथा जिवनदर्शन सम्बन्धि ज्ञान मार्फत व्यक्तिलाई राष्ट्रभक्ति, अनुशासित जिम्मेवार, विवेकशिल बन्न प्रेरित गर्छ ।
विभिन्न शारीरिक व्यायम, आसनले शरीरमा तन्दुरुस्ति र स्फुर्ति प्रदान गर्दछ । आत्मविश्वासको विकासका साथ रोगसँग लड्ने क्षमताको विकास गराउँछ । प्रणायामहरुले ध्यानी, ज्ञानि, तिक्ष्ण बुद्धि र धैर्यवान बनाउँछ । दम, मुटुको समस्या, पेटको समस्या, पिसाबको समस्या, रुघाखोकि, पिनास, माइग्रेन जस्ता समस्याको पुर्ण रुपमा ठिक गर्दछ । नियमित योग तथा स्वास्थ्यबद्धक सादगी खाना, आर्युवेदको प्रयोगले जिवनलाई प्राकृतिक बनाइदिन्छ । रोगसँग लड्ने क्षमताको विकास गराउँछ । यसैगरी वैदिक तथा जिवनदर्शन सम्बन्धि ज्ञान मार्फत जिवनलाई बुझन मद्धत गर्छ ।
बालबालिकामा योगको मार्फत गरिने शारीरिक अभ्यास तथा आसनको माध्यमबाट शारीरिक विकास, शरीरको लचिलोपन बढाउँन मांशपेशी र हड्डिलाई मजबुत बनाउनु हो । यसैगरि विभिन्न आसन र प्रणायामको माध्यमबाट श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीलाई सक्रिय र मजबुत बनाउँछ । पाचन प्रणालीलाई सक्रिय बनाई स्वास्थ्य र तन्दुरुस्त राख्न मद्धत पुर्याउँछ । स्वास प्रस्वास र रक्तसञ्चार प्रणलिको सक्रिय र स्वस्थ्य हुनु भनेको स्नायु प्रणाली सक्रिय हुनु हो । स्नायु प्रणाली स्वस्थ्य र सक्रिय हुनाले बालबालिकाको तिक्ष्ण बुद्धिको विकास हुन्छ । यसले व्यक्तिलाई शालिन, क्रियाशिल र धैर्यवान बनाउँछ ।