काठमाडौं । ३ करोड रुपैयाँ पुरस्कारसहितको प्रतिष्ठित इसा अवार्ड पाएका तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतले राज्यसँग दुईवटा अपेक्षा गरेका छन् ।
हिलो, आँखाको लेन्स उत्पादन उद्योग खोल्न आर्थिक सहयोग । डा. रुइतले विकास गरेको लेन्स अहिले वर्षमा करिव ३ लाख वटा उत्पादन हुन्छ । यो लेन्स अन्तर्राष्ट्रिय स्तरको र सुलभ भएकाले अरु देशमा पनि निर्यात हुन्छ । रुइत चाहन्छन् कि यसलाई देशकै नमुना उत्पादन उद्योग बनाउने र वर्षमा १० देखि १५ लाख उत्पादन गरेर संसारभर निर्यात गर्ने ।
यसका लागि सरकारले सहयोग गरोस् भन्ने उनी चाहन्छन् । भन्छन्, ‘लास्ट टाइम सरकारलाई आग्रह गरेका थियौं, सरकारले हामीलाई २० प्रतिशत दिएको छ । यसले पुग्दैन ।’
दोस्रो, तिलगंगा आँखा प्रतिष्ठानलाई इन्टरनेशन अप्थाल्मिक (आँखा उपचार) इन्ष्टिच्युसनल हब बनाउने । अहिले भएको प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने आफ्नो इच्छा रहेको भन्दै उनले भने, ‘नाम छ, विज्ञ छ, स्रोत साधन छ । धेरै खर्च गर्नुपर्दैन, माथिबाट क्याप लगाइदिए पुग्छ ।’
इसा अवार्डपछि हास्यकलाकार हरिवंश आचार्यदेखि सर्वसाधारहरुले समेत डा रुइतलाई राष्ट्रपति बनाउनु पर्ने आवाज उठाएका थिए। उक्त विषयको जनाकारी दिँदै सञ्चारकर्मीले राखेको जिज्ञासामा डा रुइतले आफू राष्ट्रपति भन्दा पनि चिकित्सकको कामका लागि नै उपयुक्त रहेको प्रतिक्रिया दिएका छन् ।
डा रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए।उनले आफ्नो जीवनकै ठूलो कमाइका रुपमा इसा अवार्डलाई हेरेको जानकारी दिए।