काठमाडौं - विश्वभरमा नै सबैभन्दा ठुलो समस्याको रुपमा तनाब देखिएको छ । तनाब व्यवस्थापन गर्न नसक्दा नेपाल लगायत विश्वमा नै धेरै मानिसले अकालमा नै ज्यान गुमाएका छन् । तनाब व्यवस्थापन गर्न सके जिवन सुन्दर र अनन्दित हुन्छ ।
आफुले चाहेको, सोचेको र खाजेको समयमा प्राप्त गर्न नसक्दा विभिन्न किसिमका तनाव उत्पन्न हुन सक्छ । तनाब उत्पन्न भएपछि निन्द्रा नलाग्ने खाना खान मन नलाग्ने, रिस उठ्न थाल्छ । तनाब बढेपछि मानसिक र शारीरिक स्वास्थ्यमा समस्या आउन सक्छ । जसका कारण सम्बधमा दरार आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता नि कमजोर हुदैँ जान्छ ।
तनाब व्यवस्थापन गर्न योगको सबैभन्दा ठुलो भुमिका हुन्छ । त्यसैले हरेक व्यक्तिले आफ्नो शारीरिक क्षमता अनुसार व्यायाम गर्नुपर्छ । योग गर्नाले शरीर फिट रहन्छ । भने मन शान्त राख्नका लागी ध्यान गर्नुपर्छ । नियमित ध्यान गर्नाले मन शान्त हुन्छ, शरीरलाई स्वस्थ्य बनाउँछ र मनलाई एकाग्र बनाउँछ र मानिस सन्तुष्ट हुन्छ ।
तनाब व्यवस्थापनका लागी पतञ्जलिमा १२ ओटा योगका आसन, १२ सुर्य नमस्कार, १२ सुक्ष्म व्यायाम लगायतका क्रियाकलाप गर्ने गरिन्छ । यि व्यायाम उमेर समुह अनुसार गर्न लगाइन्छ । सबै उमेर समुहका व्यक्तिले सुर्य नमस्कार गर्न मिल्छ । यसमा महत्वपुर्ण आसनहरु समाबेश गरिएको हुन्छ ।
केहि समय अघि सम्म महिलाहरु घरमा नै सिमित हुन्थ्ये । तर पछिल्लो समयमा महिलाहरु घरको जिम्मेवारीका साथै बाहिरको जिम्मेवारी पनि सम्हाल्न थालेका छन् । जसका कारण उनिहरुमा मानसिक र शारीरिक समस्या बढ्दो देखिन्छ । घर र बाहिरको कामको तनाबका कारण उनिहरुको स्वास्थ्यमा असर परिरहेको हुन्छ । जसका कारण धेरैजसो महिलाहरु योग प्रती आकर्षित भइरहेको पाइन्छ । योगद्धारा मात्र तनाब व्यवस्थापन गर्न सकिन्छ र महिलाहरुको मनोबल बृद्धि गर्न मदत पुर्याउछ ।
योग महिला र पुरुषले छुट्टै गर्नुपर्छ भन्ने हुदैँन । तर शारीरिक बनावटका आधारमा महिलाहरु पुरुषको समस्याहरु फरक हुने भएकाले केहि फरक किसिमका योगका आसनहरु गर्नुपर्ने हुन सक्छ । हरेक व्यक्तिको समस्या अनुसारका योगका आसनहरु गर्नुपर्ने भएकाले केहि भिन्नता आउँन सक्छ । महिलाहरुको महिनावारीमा समस्या, पाठेघरको समस्या लगायत अन्य समस्या अनुसार योगहरु गर्नुपर्ने हुन्छ ।
(पतञ्जली योग समितीमा आबद्ध केदार खड्कासँग महिलास्वास्थ्यकर्मीले गरेको कुराकानी )