काठमाडौं - कोराना भाइरसले विश्वभर बिकराल रुप लिइरहेको छ । यस्ता संक्रमण विश्वमा समय समयमा देखिने गर्छन् । कोहि कोहि भाइरसहरु कमजोर हुन्छन् । यस्ता भाइरस छोटो समयमा नै निरकारण भएर जान्छ । भने कुनै भाइरस शक्तिशाली हुन्छन् र लामो समयसम्म असर पार्न सक्छ ।
हाल विश्वका १ सय ९९ देशमा फैलिएको कोरोनाभाइरस एक शक्तिशाली भाइरसको रुपमा फैलिरहेको छ । धेरैजसो मानिसमा कोरोनाभाइरस लाग्यो भने मृत्यु भइहाल्छ भन्ने त्रास छ । विश्वको तथ्यांकलाई हेर्ने हो भने संक्रमित मध्य ३ देखि ४ प्रतिशत मानिसको मात्र मृत्यु भएको छ ।
कुनै पनि संक्रमण वा रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बलियो नहुदाँँ कुनै पनि संक्रमणले सजिलै प्रभाबित पार्ने गर्दछ । रोग प्रतिरोधात्मक क्षमता हरेक व्यक्तिले जन्मजात नै प्राप्त गर्दछ । यसले शरीर बाहिरबाट आएका भाइरस, ब्याक्टेरीया जस्ता किटाणुहरु बिरुद्ध लडाइ गर्छ । यस लडाइमा रोग प्रतिरोधात्मक क्षमताले जित्यो भने मानिस स्वस्थ हुन्छ । यदि बाहिरको भाइरस, ब्याक्टेरीया जस्ता किटाणुहरुले जित्यो भने मानिसमा विभिन्न स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छ ।
हाम्रो विलाशि जिवनशैली अस्वस्थ्यकर खानपान लगायतका कारणले रोग प्रतिरोधात्मक क्षमता कमजोर हुदैँ जान्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन बिभिन्न क्रियाकलाप गर्न सकिन्छ ।
व्यायम
व्यायम हामीले विभिन्न किसिमबाट गर्ने सक्छौं । सइक्लिङ, स्विइमिङ र योगद्धारा व्यायम गर्न सकिन्छ । त्यसमध्ये सबैभन्दा उत्तम उपाय भनेको योग हो । योगमा पनि तिन किसिमका क्रियाकलाप गर्न सकिन्छ । यसमा आसन, प्रणायाम र ध्यान गर्न सकिन्छ । यि तिन तरीका दिनमा १ देखि साढे घण्टा गरे शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्धत गर्छ ।
योगका लागी सुर्य नमस्कार विभिन्न आसनहरु र शरीरको क्षमता अनुसार सुक्ष्म व्यायम गर्न सकिन्छ । प्राणयम हाम्रो शरीरको प्राण शक्तिलाई कसरी बलियो बनाउने भन्नका लागी गरिन्छ । प्राण शक्ति बलियो भएमा मात्र रोग सँग लड्ने शक्ति बलियो हुन्छ । त्यसैले यसको भुमिका महत्वपुर्ण हुन्छ । प्राणयमका पनि विभिन्न प्रकारहरु छन् । त्यसमध्ये प्राण शक्ति बढाउन भस्त्रिका, कपालभाती, अनुलोमबिलोम, भ्रामरी, उद्गित प्राणायम गर्न सकिन्छ । यि प्राणायम नियमित ५ मिनेट गर्नुपर्ने हुन्छ । यो प्राणयम गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै शरीरका सम्पुर्ण अंग सक्रिय र स्वास्थ हुन्छ ।
ध्यान
पछिल्लो समयलाई नियाल्ने हो भने धेरै मानिसहरु तनाबमा हुन्छन् । तनाब विभिन्न समस्याका कारण उत्पन्न हुन्छ । तर यसलाई व्यवस्थापन गर्नुपर्छ । अन्यथा यसले विभिन्न समस्याहरु निम्त्याउँछ । तनाब व्यवस्थापन गर्ने उत्तम तरीका ध्यान गर्नु हो । ध्यान गर्नाले शरीरलाई स्थिर, मनलाई शान्त र आनन्दित गराउँछ ।
खानपान
रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने सबैभन्दा ठुलो भुमिका खानपानको हुन्छ । पछिल्लो समयमा अस्वस्थ्यकर र तयारी खानपानलाई बढि प्राथामिकता दिइरहेको पाइन्छ । ४० बर्ष सम्म रोग प्रतिरोधात्मक क्षमता अलि बलियो नै हुन्छ । तर उमेर ढल्किदै जादाँ खानपानको असर देखिदैँ आउँछ । जसका कारण विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ ।
हालको समयमा शाहाकारी खाना नै सबैभन्दा उत्तम खानाको रुपमा लिइएको छ । मांसाहारी व्यक्तिहरुले यो समय नखानु नै राम्रो हो । खानामा हरीयो सागपात, मौसम अनुसारको फलफुल नियमित रुपमा सहि समयमा उपयुक्त खाना खानुपर्छ । खाना खाने समयमा पानी खानुहुदैँन । नियमित एउटै समयमा खाना खाजा खाने गर्नुपर्छ । दैनिक ३ देखि ४ लिटर पानी खानुपर्ने हुन्छ । अन्य खानेकुरा सँगै पानी पनि उपयुक्त मात्रामा पिउनुपर्ने हुन्छ । खाना ३२ पटक चपाएर खानुपर्छ ।
यि तिन कुराको सन्तुलन मिलाउने हो भने हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।