काठमाडौं । कृषि बिकास बैक लि. ले आफ्नो ५६ औं वार्षिकोत्सब मनाएको छ। माघ ७ गते बैकको मुख्य कार्यालय रामशाहपथ प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रम नेपाल सरकारका माननीय उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो।
उक्त कार्यक्रमको विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी थिए भने उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख कार्यकारी अधिकृत, बैकका सद्भावना दूत वरिष्ठ कलाकार जितु नेपाल, कृषि बिकास बैकका पूर्व अध्यक्ष तथा महाप्रबन्धकहरु, बैकका उपमहाप्रबन्धकहरु, बिभागीय प्रमुखहरु लगायत कर्मचारीको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि माननीय उपप्रधान तथा अर्थ मन्त्री पौडेलले बैकले प्रकाशन गरेको वार्षिक विशेषाङ्क तथा बैकको अर्को प्रकाशन साहित्यिक पत्रिका समष्टिको पनि लोकार्पण गरेका थिए । कार्यक्रममा बैकमा २० र २५ वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई विशिष्ट अतिथि नेपाल राष्ट्र बैकका गभर्नर अधिकारीले पदक तथा कदरपत्र प्रदान गरेका थिए।
कार्यक्रममा बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीले अतिथिहरुको स्वागत गर्दै बैकले हालसम्म गरेका प्रगति बिबरण र आगामी कार्ययोजनाका बारेमा सङ्क्षिप्त चर्चा गरेका थिए।
वार्षिकोत्सब समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, बैकका सद्भावना दूत,पूर्व कर्मचारी एवं बैकमा कृयाशील युनियनका अध्यक्ष तथा संयोजकहरु लगायतले ५६ औं वार्षिकोत्सबको सफलताको कामना गरेका थिए । कार्यक्रम बैकका संचालक समितिका अध्यक्ष रमेश दुवाडीको अध्यक्षता सम्पन्न भएको थियो।