एजेन्सी । अलैंचीले खानाको स्वादलाई मीठो बनाउन मात्र भूमिका खेल्दैन, यसले कैयन् बिमारलाई पनि सहयोग पु–याउँछ । अहिलेको बदलिँदो मौसमले धेरैलाई खोकी लगाउँछ। खोकी लागेको बेलामा अलैंचीको चिया या रस पिउँदा चिसोदेखि राहत मिल्छ। अलैंचीले हाम्रो शरीरका धेरै रोगबाट छुटकारा दिलाउँछ । साथै यसको प्रयोगले तपाईंको छालामा पनि निखार ल्याउँछ।
आजकल मानिस यति व्यस्त भए कि, उनीहरुलाई छिटो थकाइ लाग्ने र तनाव पनि हुन्छ। यदि तपाईले अलैंचीको दानालाई राम्रासँग पिसेर प्रयोग गर्दा पनि यसले तनाव कम गर्छ । साथै तपाईको तनावलाई पनि अलैंचीले कम गर्छ।
अलैंचीको फाइदा
पत्थरीमा फाइदा :
पत्थरी भएकाले अलैंची खाँदा फाइदा पुग्छ । यसले पत्थरीलाई फुटाउन सहयोग पुग्छ । अलैंचीले जन्डिस, पिसाबजन्य रोग, छाती पोल्ने, पेट दुखाई, दम, पत्थरी र जोर्नीको दुखाई भएमा अलैंचीको सेवन लाभकारी हुन्छ ।
पेट घटाउन सहयोग पुर्याउँछ :
यदि तपाईंको पेट बाहिर पुट्ट निस्किएको छ र यो भित्र जाओस् भन्ने चाहनुहुन्छ भने राती सुत्नुअघि दुईवटा अलैंची खाएर तातो पानी पिउनुहोस् । यसमा पोटासियम, म्याग्नेसियम, भिटामिन बीवान, बीसिक्स र भिटामिन सी ले शरिरको अतिरिक्त बोसो पगाल्ने गर्दछ ।
कपाल झर्न रोकिन्छ :
राति दुईवटा अलैंची खाएर पानी पिउँदा कपालको जरा बलियो हुन्छ त्यसकारण कपाल झर्न रोकिन्छ । यसले कपाललाई कालो बनाउन पनि सहयोग पुर्याउँछ । यसले कपाललाई चायामुक्त पनि बनाउँछ ।