काठमाडौं । नेपालको पहिलो, र एकमात्रै बृहत उर्जा र बिद्युत् औषधिपचार , स्वास्थोपचार तथा फार्मेसीसँग सम्पन्न भएको छ।
उक्त मेलामा स्वदेशी तथा विदेशी १०० भन्दा बढी कम्पनीहरुको स्टल राखिएको थियो । उक्त मेलामा स्वदेशी तथा विदेशी कम्पनीका औषधिहरु देखि इन्डक्सन चुल्हो, हिटर,फ्यान लगायतका बिद्युतीय उपकरणहरु राखिएको थियो ।
यो प्रदर्शनीेले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित विजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने आयोजक पक्षको दाबी छ ।
यो प्रदर्शनीेले विभिन्न देशका कम्पनीहरू र ब्राण्डहरूसहित विजनेस लिडरहरू, डाक्टरहरू, वैज्ञानिकहरू, रोग विशेषज्ञहरू, अनुसन्धानकर्ताहरू, सरकारी अधिकारीहरू, नीति निर्माताहरू र उद्योग पेशेवरहरूलाई एकसाथ समेट्ने सक्ने विश्वास आयोजकको छ ।
प्रदर्शनीमा अपूर्व इन्टरनेशनल प्रा.लिले आफ्ना उत्पादनहरुलाई प्रदर्शनी गरेको छ ।यस कम्पनीले अस्पतालमा सरसफाई हाइजिन मेन्टेन गर्नका लागि उपयोगी सामानहरु विश्वभर निर्यात गर्दै आइरहेको छ । लामो समय टिकाउ, ताप , ध्वनि ,एसिड अल्काली प्रतिरोधक सामान उत्पादन हुँदै आएको कम्पनीको दाबी छ । उक्त कम्पनीद्वारा उत्पादित सामान असाधारण मजबुति, चुहावट र वायु प्रतिरोधक तथा आगो प्रतिरोधी समेत रहेको दाबी उत्पादकको छ ।
सन् २००७ मा स्थापना भएको भारतीय औषधी कम्पनी स्काई म्यापले आफ्ना उत्पादनहरुलाई प्रदर्शन गरेको छ । विश्वभर आफ्नो औषधिहरुलाई बजारमा पुर्र्याएको यस कम्पनीले नेपालमा आधिकारीक रुपमा कर्पाेरेट कार्यालय स्थापना गर्ने जनाएको छ ।
उक्त कम्पनीमा ३ वटा म्यानुफ्याक्तरिङ युनिट रहेको छ । कम्पनीले विशेषगरी एसिया, लेटिन अमेरिका, अरब लगायतका मुलुकहरुमा सामान निर्यात गर्दै आइरहेको छ ।