काठमाडौं । उच्च रक्त चाप अहिले धेरैमा देखिरहेको समस्या हो । विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको छ । यो बढ्नुको कारण मध्य एक खानपान र अर्को वर्तमान जीवनशैली हो ।
२०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ । उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ। शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ । हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानीसमा उच्च रक्त चाप भएको देखिएको छ।
के खाने ?
— खान सुपाच्य, सादा, उचित मात्रामा खाने ।
— गहुँ वा चनाको पीठो बराबरी मात्रामा मिलाएर बनाएको रोटी राम्ररी चपाएर खाने ।
—युवा अवस्थामा रोग लागेमा सोयाविनलाई राति भिजाएर बिहान बोक्रा निकालेर सुकाउने र बराबरी मात्रामा गहुँ र भटमास मिलाएर पिसाउने र यसको चोकरसहितको रोटी बनाएर बिहान बेलुका खाने ।
— फलमा स्याउ, मेवा, अमला, वेल, खरबुजा, सुन्तला, केरा आदी खाने ।
—आलु, पुदिना, लौका, ताजा हरियो सागपात, फर्सी, बन्दाकोभी, काँचो दूध, दही, पनिर, काउली इच्छानुसार खाने ।
—चना, राजमा, टुसा उम्रेको गेडागुडी, मह इच्छानुसार खाने ।
—प्रतिदिन लसुन तीन चार केस्रा छोडाएर चपाउने अनि मन तातो पानीले निल्ने । यसले रगतमा कोलस्ट्रोलको मात्रालाई कम गर्छ ।
के नखाने ?
—धेरै तिखो, मसालेदार, तारेको चीज धेरै नखाने । धेरै खाना रुखोसुखो खाना, बासी, चिसो खाना नखाने ।
— माछा–मासु, चिया, कफी, रक्सी र अन्य नशा लाग्ने चीज नखाने ।
— खैनी, गुटखा, कम गर्दै खान छोड्नुपर्छ ।
— बढी फ्याट भएको दूध, मख्खन, नून खान हुन्न ।
साभार – ‘घरेलु आयुर्वेदिक उपचार’ पुस्तकबाट