काठमाडौं । क्याल्सियम हाम्रो शरीरलाई अत्यावश्यक एक भौतिक तत्व हो । यो जीवित प्राणीहरूका लागि अत्यावश्यक हुन्छ । यसलाई हामीले भोजनबाट प्राप्त गर्न सक्छौ । प्राणीहरूमा क्याल्सियम हड्डी, दात र शरीरका अन्य भागहरूमा पाइन्छ । यो रगतमा पनि हुन्छ र शरीरको भित्री देखभालमा यसको विशेष भूमिका हुन्छ । तर शरीरमा क्याल्सियमको कमी भयो भने के हुन्छ ?
दाँतसम्बन्धी समस्या
शरीरमा क्याल्सियमको कमी भयो भने शरीरको आवश्यकता पूर्ति गर्न दाँतमा भएको क्याल्सियमको प्रयोग हुन थाल्छ । यसले गर्दा दाँतको जरा कमजोर हुने, दाँत टुट्ने, गिजा दुख्ने र दाँत खिइने जस्ता समस्याहरु देखापर्न थाल्छ । बच्चाहरुमा क्याल्सियमको कमी हुँदा उनीहरुको दाँत ढिलो गरी पलाउने पनि हुन सक्छ ।
डिप्रेसन
क्याल्सियमको कमीको कारण मानिसको मुड बिग्रने तथा डिप्रेसन हुने सम्भावना बढेर जान्छ । कसैको मुड बिग्रिरहन्छ र डिप्रेसनको लक्षण छ भने शरीरमा क्याल्सियमको मात्रा कति छ भनेर जँचाउनु उचित हुन्छ । त्यसबाहेक, क्याल्सियमको कमीले मुर्छा पर्ने, छातीमा पीडा हुने, निल्न गाह्रो हुने, आवाज परिवर्तन हुने, काम्ने, छाला सुख्खा हुने, छालामा घाउहरु आउने, मोतियाबिन्दू हुने जस्ता समस्याहरु पनि देखापर्न सक्छ ।
शरीरलाई कति क्याल्सियम आवश्यक पर्छ ?
एउटा वयस्क मानिसको शरीरलाई ८.८ देखि १०.४ मिलिग्राम प्रति डेसिलिटर क्याल्सियम आवश्यक हुन्छ । बच्चाहरुलाई क्याल्सियमको आवश्यकता अझ बढी हुन्छ । शरीरमा कति क्याल्सियम छरु भनेर रगतको जाँचबाट थाहा पाउन सकिन्छ ।
शरीरमा क्याल्सियमको कमी भए के गर्ने ?
सामान्यतः खानेकुराहरुबाटै सहजै क्याल्सियम पाउन सकिन्छ । दुग्ध पर्दाथ, सीमी, तोफु, ब्रोकाउली, भटमास, पालुंगो, आल्मोण्ड, तील आदि खाने हो भने क्याल्सियमको कमी पूर्ती गर्न सकिन्छ । हामीले सकेसम्म प्राकृतिक रुपमै क्याल्सियमको आपूर्ति गर्नु राम्रो हुन्छ ।
यस अलावा चिकित्सकको परामर्शमा पनि छोटो अवधिका लागि क्याल्सियमको चक्कीहरु खान सकिन्छ । तर लामो समयसम्म त्यस्ता चक्कीहरु खाँदा मुटुमा समस्या देखापर्ने वा मृगौलामा पत्थरी हुने खतरा बढ्छ ।