काठमाडौं । विश्वभर अंग्रेजी महिना जनवरीलाई महिलाहरूमा हुने पाठेघरको मुखको क्यान्सरविरुद्ध सचेतना फैलाउने महिनाको रूपमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
सोही क्रममा विराटनगर स्थित विराट शिक्षण अस्पताले पनि विभिन्न ठाँउमा क्यान्सर विरुद्ध सचेतना फैलाउने कार्यक्रम गर्दै आइरहेको छ ।
विराटले विराटनगर, दुहवी र बेलबारी नगरपालिकामा रहेका ११ वटै वडाका आधारभुत स्वास्थ्य चौकीमा क्यान्सर रोग बिभागका बिशेषज्ञहरूद्वारा पाठेघरको मुखको क्यान्सर बिरुद्ध सचेतना कार्यक्रम तथा स्क्रिनिङ गर्ने कार्य गरिरहेको छ । यो कार्यक्रम प्रभावकारी हुँदै गएको र जनवारी महिना भरी चल्ने क्यान्सर रोग बिशेषज्ञहरू बताउँछन् ।
यस्तै आइतबार इटहरीको जनता माध्यमिक विद्यालयमा विराट मेडिकल कलेज शिक्षण अस्पताल साथै कल्प संस्था र इटहरी उपमाहानगरपालिका वडा नम्बर ९ को सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सचेतना सम्बन्धी कार्यक्रम गर्दै जाँदा स्वास्थ्य शिविर आवश्यता भएकाले आयोजना गरेको कल्प इनपावरमेन संस्थाकी फाउन्डर पुजा कोइरलाले बताइन् ।
शिविरमा क्यान्सर सम्बन्धि जनचेतना मुलक कार्यक्रमले धेरै सहज भएको र निःशुल्क रूपमा चेकजाँच गर्न पाउदा खुसी लागेको स्थानिय महिलाहरूले बताए ।पाठेघरको मुखको क्यान्सर सम्बन्धि जनचेतनाको कमीले गर्दा पनि धेरै महिलाहरू यसबाट पिडित हुने गरेका छन् । यो क्यान्सर हुनुका धेरै कारण छन् । जसमध्ये मुख्य कारण भनेको भाइरसको संक्रमण बाट हुने र समयमै जानकारी भए निको हुने चिकित्सकहरू बताउँछन् ।
नेपालमा भने पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलाहरूले ज्यान गुमाउने गरेको र महिलाहरूलाई मात्र नभएर पुरुषहरूलाई पनि यसको बारेमा जानकारी हुन आवश्यक रहेको विज्ञहरू बताउँछन् ।