काठमाडौं - महिलाले घरको जिम्मेवारीको साथै बाह्य जिम्मेवारी पनि सम्हाल्ने भएकाले उनिहरुले योग जीवनमा उतार्नु पर्छ । योगले महिलाको शारीरिक, मानसिक, भावनात्मक, वैचारिक र सामाजिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्दछ ।
योगले आन्तरिक र शारीरिक द्धन्दहरुमा समभावको विकास गर्नु, स्थीर मानसिकताको अवस्थामा पुर्याउनु, सुख र दुख, चिसो र तातो, लाभ र हानी, जय र पराजय, मान र अपमान आदि अवस्थाहरुमा आफुलाई समस्थिति, समता, स्थिर, धैर्यको स्थीतिमा स्थिर राख्नछ । साथै त्यहि स्थिरताबाट आन्तरिक फैलावटको पराकास्टा बृद्धि गर्नु नै योगको उदेश्य हो ।
प्राणायाम गर्नाले शरीर हलुका बनाउंछ । शरीरमामा स्पुर्ती पैदा गर्छ । प्राणायामका विभिन्न प्रकारहरु रहेका छन् । स्वास्थ्य रहनका लागी यि सबै प्रणायमहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्छन् ।
कपालभाती प्राणायामले शरीरको अतिरिक्त कार्बनडाइ अक्साइडलाई निकाल्छ । साथै पाचन तन्त्रलाई मजबुत बनाउंछ, रक्तचापको साथै मुटुको चालवृद्धि गर्न सक्छ, अपच तथा कब्जियतमा फाइदा पुर्याउँछ ।
नाडीशुद्दी प्राणायामले नाडीहरुको शुद्दिकरण गर्दछ । मस्तिस्कको दायाँ र बायाँ भागका क्रियाकलापहरुलाई सन्तुलनमा राख्दछ । सिम्पाथेटिक तथा प्यारासिम्पाथेटिक स्नायुप्रणालीको सन्तुलन बनाउंछ ।
चन्द्र भेडी प्राणायाम तथा चन्द्र अनुलोम विलोमले मानसिक शान्ति प्रदान गर्दछ । एसिडीटिमा आराम पुर्याउँछ, रिस, आवेगहरुलाई थाम्न मद्दत गर्दछ । साथै छाला त्वचालाई मुलायम र नरम बनाउंछ ।
सुर्यभेदि प्रणायाम तथा सुर्य अनुलोम विलोमले शरीरको उष्ण बढाउंछ । चन्द्रभेदिले उष्ण घटाउंछ्र सुर्य अनुलोम विलोमले तौल घटाउनमा मद्दत गर्दछ, डीप्रेसनबाट मुक्त गर्न सक्दछ ।
भ्रामरी प्राणायामले मानसिक शान्ति दिन्छ । सेरेटोनिनको वृद्धि गर्दछ, निन्द्राको गुणस्तर बढाउंछ, मेलोटोनिनको वृद्धि गर्दछ, प्रसन्न चित्त रहन सहयोग गर्दछ ।
प्रणायमका साथै हामी ध्यानको माध्यबाट पनि स्वस्थ रहन सक्छौ । ध्यानले उच्च रक्तचापको समाधान गर्दछ । विचार सकारात्मक बनाउंछ, शरीरका अंग प्रत्यांगहरुलाई गहिरो आराम पुर्याउँछ । भावनात्मक र वैचारिक कुण्ठाहरुलाई फुकाउंछ, मस्तिस्कमा अल्फा वेभसहरुको वृद्धि गर्दछ । बिटावेभस र मुटुको चाल घटाउंछ । श्वास प्रश्वास क्रियालाई न्यूनीकरण गर्दछ । थोरै अक्सिजनमा पनि शारीरिक क्रियाहरु निरन्तर चलिरहन्छ । प्यारासिम्प्याथेटिक स्नायु प्रणालीलाई मजबुत बनाउँछ, गहीरो आराम प्रदान गर्दछ ।
गर्भवावस्थामा योग
स्वस्थ्य शिशु जन्माउनका लागि गर्भवती पनि स्वस्थ्य हुनुपर्छ । अन्य अवस्थामा भन्दा गर्भवावस्थामा महिला तनावमा हुने गर्छन ।यस्तो अवस्थाका महिलाहरु शारिरीक रुपले एकदम कमजोर हुन्छन् । उनिहरुको शरिर एकदम कोमल र खुकुलो हुन्छ । साथै सन्तुलित भोजनको पनि उत्तिकै आवश्यक पर्छ । त्यसैले यस्तो अवस्थामा पारिवारका सदस्यले सहयोग गर्नुपर्छ ।
गर्भमा रहेको बच्चालाई असर नपर्ने गरी सुखासन र बज्राशनमा आसनमा बसेर योगा गर्न मिल्छ । गर्भवति महिलाको शारिरीक र मानसिक स्वस्थ्यको लागि यस्ता आशनमा योगा गर्नु उचित मानिन्छ ।
चिन्तन, साधना, अनुलोम बिलोम गर्नुपर्छ । हल्का किसिमका ज्वइन्ट मुबेबल गर्ने, हल्ला हिड्ने जस्ता क्रियाकलाप गर्नुपर्छ । यस्ता क्रियाकलाप गर्नाले सहज रुपमा प्रसुति हुन मद्धत पुग्छ ।
गर्भवतीअवस्थामा ग्रामिण भेगमा महिलाहरुले गरुगों भारी बोक्ने जस्ता कार्य धेरै गर्छन् र शहरका महिलाहरु केहि पनि गर्दैनन् यो दुवै महिलाहरुलाई प्रसुतिको समयमा विभिन्न समस्याहरु आउन सक्छ ।
गर्भावस्थाको कुन समय हो त्यसलाई हेरेर योगा शिक्षकको सल्लाहमा योगा गर्नुपर्छ । गर्भावस्थाको पहिलो र अन्तिम चरणमा भु्रणले सहि स्थान प्राप्त नगरेको समयमा प्रणायम गर्न असहज हुन्छ । तर यो अवस्थाको पहिलो चरणमा खान नरुच्ने जस्ता समस्या आउँछन् । त्यसको समाधानको लागी योगा गनुपर्छ ।
(गोकुल पराजुली कविराज निरिक्षक र डा. रबिनलाल श्रेष्ठसँगको कुराकानीमा आधारित )