काठमाडौं - म ६० बर्ष पुग्न लागे अहिलेसम्म स्वस्थ्य छु । स्वस्थ्य रहनका लागी बाल्यकाल कसरी बित्यो र अहिले के गर्छु, कत्तिको सक्रिय जिवन बिताइरहेको छु र कस्तो खानेकुरा खान्छु त्यो महत्वपुर्ण हुन्छ ।
म पहाडमा जन्मिए । मैले बुझ्नेसमयदेखि देखि नै सक्रिय जिवन बिताइरहेको छु । स्कुल पढ्दा दैनिक २ घण्टा हिड्ने बानि थियो । स्कुल जादाँ बिहान १ घण्टा र घर फर्कदा १ गरि २ घण्टा हिड्थेँ । १० कक्षा सम्म त्यसरी नै समय बित्यो । त्यसपछि आफुले पढेको स्कुलमा ३ बर्ष पढाएँ । त्यसबेला पनि हिडेर नै स्कुल जाने र फर्कने गर्थ्य । शनिबारको दिन खेतबारीमा काम गर्दा शारीरिक अभ्यास पर्याप्त मात्रामा पुग्थ्यो ।
त्यसपछि पढ्नको लागी काठमाडौं आएँ दैनिक बिहान १ घण्टा हिड्ने गर्थे । जब काम गर्न थाले त्यसपछि म हिड्न नभ्याउने भए । तर बिरामी परिक्षण गर्न जादाँ दिनमा ५ किलोमिटर भन्दा बढि हिड्नु पर्थ्यो । अहिले पनि ६ हजार स्टेपभन्दा धेरै हिडेको नै हुन्छु ।
म धुम्रपान मद्यपान गर्दिन । साथै मोटाउने गरि खाना खादिँन । बिहानको खाना मज्जाले खान्छु । बिहान ब्रेकफास्ट खाएर क्लिनिक जान्छु दिउँसोको खाना परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा नै खाना खान्छु । बेलुकाको खाना घरमा सादा खान्छु ।
दैैनिकि
म बिहान ५ बजे उठ्छु, नुहाएर ब्रेकफास्टमा दुध , कनफेल्क्स र मौसम अनुसारको फलफुल खान्छु । बिहान त्यसपछि म घरबाट सात बजे क्लिनिक जान्छु । क्लिनिक पुगेर चिया पिउँछु र काम गर्छु । १० बजे परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा आइपुग्छु । अस्पतालमा अन्य चिकित्सकले खाने खाना नै खान्छु । यहाँ मासु सहितको खानाको एकदम राम्रो व्यवस्था छ तर म दिनमा १ पिस मात्र मासु खान्छु । धेरै क्यालोरी दिने मिठाईहरु खादिँन । अहिले पनि म दिनमा १६ घण्टा काम गर्छु ।
साझँ क्लिनीकमा जान्छु, बेलुका साढे ८ बजेभित्र घर पुग्छु । ९ बजेतिर खाना र फलफुल खान्छु । केहि समय अध्ययन गर्छु र ११ बजेतिर सुत्छु । तर कहिलेकाहिँ राती पनि शल्यक्रियाको लागी उठ्नुपर्ने हुन्छ । त्यसरी उठेको दिन भोलिपल्टको सेडुल परिवर्तन गर्छु ।
मेरो फिटनेश नै काम हो । काम गर्दा म कहिल्यै चिन्तित हुदिँन । कहिलेकाहि काम गर्दा बिरामीको आउटकम राम्रो आउदैँन म दुखि हुन्छु तर केहि समयपछि सम्हालिन्छु । किनकि म दुखि भएर बसे भने अन्य बिरामीले दुख पाउँछन् भनेर सम्हालिन्छु । जुन काम राम्रो गर्छु त्यसको उदाहरण लिएर अघि बढ्छु ।
मानिस शारीरिक हिसाबले भन्दा पनि मानसिक हिसाबले स्वस्थ्य रहनुपर्छ । म कसैले गरेको काममा इष्र्या गर्दिन, र कहिल्यै चिन्तित भएर बस्दिन । म खुशि साथ बस्छु र मिहेनतका साथ काम गर्छु, कसैसँग झै झगडा गर्दिन । रिसाएर कसैले केहि भने सुन्दिछु जवाफ फर्काउदिँन । रिस उठे चुप बस्छु ।
(डा जागेश्वर गौतमसँग कुराकानीमा आधारीत, उनि हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता हुन् ।)