एजेन्सी । कफीले क्यान्सरको जोखिम कम गर्नेदेखि तौल घटाउनसम्म प्रभावकारी भूमिका खेल्ने वैज्ञानिकहरूले गरेको अध्ययनले देखाएको छ।
कफीको विषयमा अध्ययन गरेकी अमेरिकाको नेशनल क्यान्सर स्कूलकी अनुसन्धाता एरिका लफ्टफिल्डका अनुसार यदि २४ घण्टामा ४ देखि ५ कप अर्थात् ४ सय मिलिग्राम कफी पिउने हो भने यसले शरीरमा धेरै फाइदा पुर्याउँछ।
अनुसन्धाताले अमेरिका, युरोप र जापानका विभिन्न स्थानमा १६ शोध गरेका छन्। यसमा १० लाख व्यक्तिलाई समावेश गरिएको थियो, जसमा ५७ हजार यस्ता मानिसहरु थिए जो क्यान्सरबाट ग्रस्त थिए। अनुसन्धानकर्ताले बढी कफी पिउनेहरुको कम कफी पिउनेहरुसँग तुलना गर्न धेरै कफी पिउनेहरुमा क्यान्सरको खतरा १२ प्रतिशतसम्म कम भएको पाएका हुन्। साथै कफी धेरै पिउनेहरूको २० प्रतिशत तौल पनि कम भएको पाइएको छ।
कफी पिउनुका फाइदा
– प्रोस्टेट क्यान्सरको जोखिम ९ प्रतिशतसम्म कम हुन्छ
– एड्भान्स क्यान्सरको जोखिम १२ प्रतिशत कम हुन्छ
– अन्य घातक रोगको जोखिम १६ प्रतिशतसम्म कम हुन्छ
– तौल कम गर्न २० प्रतिशतसम्म प्रभावकारी
– कफीले कोलेस्ट्रोल पनि कम गर्छ
४ देखि ५ कप कफी पिउनुका फाइदा
– टाइप वान डायबिटिजको खतरा कम हुन्छ
– शरीरमा पोलिफेनल बढी बन्छ
– रोग प्रतिरोधी क्षमता बढ्छ
– कलेजो स्वस्थ रहन्छ
– शरीरमा ग्लूकोजको मात्रा बढ्छ
– मुटुरोगको खतरा कम हुन्छ
– डिएनए बलियो हुन्छ– स्ट्रोकको खतरा कम हुन्छ
कुन कफी कति फाइदाजनक?
अमेरिकी नेशनल क्यान्सर इन्स्टिच्यूटमा सिनियर रिसर्चर नियल फ्रिडम्यानका अनुसार कफी बनाउने तरिकाले पनि फाइदा र बेफाइदा निर्धारण गर्छ। यद्यपी कति फरक पार्छ भन्नेबारे अनुसन्धान जारी छ।
फ्रिडम्यान उदाहरण दिँदै बताउँछन् कि धेरैजसो मानिसहरु कफी बिन्सलाई भुटेर कफी बनाउँछन् जसले कफीबाट क्लोरोजेनिक एसिडको मात्रा कम गर्ने गर्छ।
एस्प्रेसो कफीमा पानीको मात्रा निकै कम प्रयोग गरिएको हुन्छ जसका कारण त्यसमा कफीको कम्पाउन्डको मात्रा निकै बढी हुन्छ। छिटो बनाएर खाँदा पनि एसिड बनाउँछ। अध्ययनमा संलग्न एक प्रोफेसरका अनुसार कफि विभिन्न तरिकाबाट कफी बनाएर पिउँदा कोलेस्ट्रोलको मात्रा तल माथि हुन सक्छ।
गर्भवती महिलाका लागि उचित छैन कफी
अमेरिकी स्वास्थ्य संस्थाले कफीको हानीबारे पनि अध्ययन गरिरहेको छ। अहिलेसम्म यसको हानीबारे जे जति कुरा आएका छन्, ती सबै अनुमानको भरमा गरिएका हुन्। धेरै कफी पिउँदा स्वास्थ्यमा कस्ता हानी हुन्छन्, यसबारे अहिलेसम्म कुनै स्पष्ट जानकारी छैन।
महिला जो आमा बन्न लागेका छन्, उनीहरुका लागि कफी हानिकारक सक्ने थुप्रै अध्ययनले पुष्टि गरिसकेको छ। कफीको प्रयोगले शरीरमा क्याफिनको मात्रा बढ्ने गर्छ जुन गर्भमा भएको बच्चाका लागि उचित मानिँदैन।