काठमाडौं । पारिवारिक मूल्य नबुझ्दा यस किसिमको कलह हुन्छ । यस्तो परिवारमा एकअर्कासँग अपेक्षा त राख्छन्, तर सहयोग र प्रेमको भावना राख्दैनन् । परिवारका सदस्यहरु आफुलाई केन्द्रमा राखेर मात्र सबै निर्णय गर्छन् । एकअर्काको सल्लाह, सुझाव लिदैनन् । आफुखुसी एवं मनोमानी गर्छन् । उनीहरुलाई पारिवारिक मर्यादाको कुनै ख्याल हुँदैन ।
अपेक्षा
परिवारका सदस्यहरुले एकअर्कासँग बढी अपेक्षा राख्छन् । आफ्नो कर्तव्य र जिम्मेवारी भने बोध गर्दैनन् । अरुबाट के पाइन्छ भनेर मात्र सोचिरहन्छन् । यसले उनीहरुलाई दुःखी बनाउँछ ।
कमजोरी
मान्छेमा गल्ती, कमजोरी हुन्छ । साथसाथै उनीहरुमा आ–आफ्नै क्षमता र गुण पनि हुन्छ । तर, कतिपयले भने अरुको गल्ती कमजोरी मात्र खोजिरहन्छन् । अरुले के गल्ती ग¥यो, के कमजोरी ग¥यो चियोचर्चा गरिन्छ । उनीहरु अर्काको गल्तीलाई मात्र खोतल्छन् र त्यही निहुँमा झगडा गरिरहन्छन् ।
जित्ने प्रयास
हरेक कुरामा आफुलाई मात्र लाभ भएको, आफुले मात्र जितेको रुचाउँने प्रवृत्ति हुन्छ । आफु हार्न नचाहने वा कुनैपनि कुरामा सम्झौता गर्न नचाहने हुन्छन् । कहिले काहीँ आफुले पनि झुक्नुपर्छ, कति कुरामा आफुले पनि सम्झौता गर्नुपर्छ भनेर मनन गर्दैनन् । आफ्नो कुरा मात्र सर्वोपरी हो भन्ने ठान्छन् । यस्तो परिवारमा कलह भइरहन्छ ।
संवाद नगर्ने
परिवारका सदस्यहरु एकअर्कासँग खुलेर कुरा गर्दैनन् । हरेक कुराको निर्णय आफुखुसी गर्छन् । कसैले कसैको मर्यादा राख्दैनन् । पारिवारिक समस्या समाधानका लागि सबैले एकजुट भएर पहल गर्दैनन् । यसले पनि उनीहरुको परिवारमा फाटो ल्याइरहन्छ ।