एजेन्सी । जाडो मौसम धेरैलाई मनपर्छ। यो सिजन रमाइलो र खानपिनका लागि जति राम्रो हुन्छ, त्यति नै यो मौसममा शारीरिक समस्या पनि सृजना हुन्छ। चिसो लाग्ने वित्तिकै विभिन्न रोगको प्रकोप बढ्छ।
जाडोमा शारीरिक मात्र नभई डिप्रेसन र मुड डिसअर्डरजस्ता मानसिक रोग पनि बढेको पाइन्छ । जाडो मौसममा घामको मुख देख्न नपाउँदा मानसिक समस्या बढ्दै जान्छ, जसले हाम्रो मानसिक स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने केही हर्मोनलाई असर गर्छ।
डिप्रेसन यस्तो मानसिक रोग हो जसको समयमै उपचार गरिएन भने यसले हाम्रो मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ। डिप्रेसन जस्तो समस्या जुनसुकै मौसममा पनि हुन सक्छ तर जाडोमा यसको सामना गर्न केही गार्हो छ । केही प्रभावकारी उपायहरू पालना गरेर जाडोमा मानसिक तनाव , अवसाद वा मुड स्विङ जस्तो समस्याबाट मुक्त हुन सकिन्छ।
भिटामिन डि तथा बि १२ को परीक्षण
भिटामिन डि तथा बि १२ हाम्रो मानसिक स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण छन् । बि १२ को कमीले चिडचिडापन, चिन्ता, तनाव जस्ता समस्या निम्त्याउँछ । त्यसैले यी भिटामिनहरूको जाँच गराउनु महत्त्वपूर्ण छ।
आफुलाई हाइड्रेटेड राख्नुहोस
जाडोमा मानिसहरु कम मात्रामा पानी पिउँछन जसले हाम्रो शरीरमा नकारात्मक असर गर्छ । नियमित रुपमा तातो पानी पिउनु जरुरी छ । दिउँसो सादा चिया वा कफी पनि पिउन सकिन्छ ।
नकारात्मक सामग्रीबाट टाढा रहनुहोस् : जाडोमा अधिकांश मानिसहरू घरमै बढी समय बिताउँछन् । यस्तो अवस्थामा टिभी वा मोबाइलमा बढी समय बित्छ । त्यसैले आफुले जे सामग्री हेरिएको छ त्यसले मानसिक रुपमा नकारात्मक प्रभाव नपरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ ।
आफ्नो ख्याल राख्नुहोस्
जाडो मौसममा डिप्रेसनबाट जोगिने उत्तम उपाय भनेको आफ्नो ख्याल राख्नु हो । सबैभन्दा पहिले आफ्नो छालालाई स्वस्थ राख्नुहोस् र राम्रो मोस्चराइजर प्रयोग गर्नुहोस् । केशमा तेल प्रयोग गर्नुहोस्, स्वस्थ र सन्तुलित आहार खानुहोस् र सुत्ने समय तालिका सेट गर्नुहोस्।
व्यायाम र आरामका लागि समय निकाल्नुहोस्
जाडोमा आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्नु महत्त्वपूर्ण छ।जाडोमा कम शारीरिक परिश्रमका कारण मानसिक स्वास्थ्यमा असर पर्छ, त्यसैले दिनहुँ केही समय व्यायाम गर्नुपर्छ । मनलाई शान्त राख्न केही समय ध्यान समेत गर्न सकिन्छ।
सामाजिक कार्य बढाउनुहोस
चिन्ता र तनावबाट टाढा रहने सबैभन्दा राम्रो उपाय मानिसहरूसँग जोड्नु हो। सामाजिक कार्यमा संलग्न हुँदा आफुलाइ सताउने कुराहरूबाट टाढा रहन मद्दत मिल्छ।