काठमाडौं । कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं मुल नाराका साथ यस वर्ष औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रमका साथ मनाइदैं छ । यो अन्र्तराष्ट्रिय दिवस कुष्ठ प्रभावित मानिसहरुलाई स्मरण जगाउने र कुष्ठरोगसँग सम्बन्धित लान्छना र भेदभावको अन्त्य गर्नका लागि एक अवसर नै हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले कुष्ठरोगका विषयमा हाम्रो जुन सामाजिक सांस्कृतिक बुझाईहरु रहेको बताए।
विगतमानिकै कहालीलाग्दो अवस्थामा रहेको यस रोग अहिले धेरै सहज अवस्थामा आइसकेको उनले बताए। अझै पनि कुष्ठरोगीहरु समागमा पुनस्र्थापित हुने कुरा निकै जटिल रहेको उनको दाबी थियो।
चालु आर्थिक वर्षमा मुुलुकभर दुई हजार दुई सय ८५ कृष्ठरोगका बिरामी भेटिएका छन्।विशेषज्ञ डा. प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा सो रोगका बिरामी रहेका भनाइ राख्दै चालु आवमा १६ जिल्लामा सो रोगका बिरामी भेटिएका बताए।
उनले भने, “विशेष गरी तराईका जिल्लामा यस रोगका बिरामी देखिने गरेका छन् । बाक्लो बस्ती भएको स्थानमा बढि मात्रामा यस रोगका बिरामी भेटिएका हुन् ।” झापा, मोरङ्, सिराहा, बारा, पर्सा, धनुषा, महोतरी, सलाही, रौतहट, बारा, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अक्षाममा सो रोगका बिरामी हाल रहेका नापितले जानकारी गराए।