२८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको ईशान बाल तथा महिला अस्पतालले गत वैशाखदेखि अत्याधुनिक भवनबाट आफ्नो सेवा सुरु गरेको छ। उक्त भवन करिब ४० करोडको लगानीमा निर्माण भएको संचालक समितिका सदस्य, निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक प्रा.डा रामनन्दप्रसाद चौधरी बताउँछन्।
नयाँ भवनमा सरेसँगै अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई विस्तार गरिएको छ । उक्त भवनबाट थप भएका सेवा सुविधा,बिरामीको संख्यामा आएको परिवर्तन तथा आगामी दिनमा अस्पतालका योजनाबारे महिला स्वास्थ्यका लागि अस्पताल संचालक समितिका सदस्य, निर्देशक वरिष्ठ बाल शल्य चिकित्सक प्रा.डा रामनन्दप्रसाद चौधरीसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीको सम्पादित अंश :
नयाँ भवनमा सरेसँगै अस्पताल कसरी सञ्चालन भइरहेको छ?
गत वैशाख २४ गतेदेखी बसुन्धराको भाडाको भवनबाट यो अस्पताल आफ्नै अत्याधुनिक भवन बनाएर सरेसँगै बिरामीको चाप बढ्दो अवस्थामा रहेको छ । पहिला अस्पताल रहेको स्थानबाट करिब २५० मिटर उतरतर्फ अस्पताल सरेको छ ।
रिङ रोडबाट केही भित्र नयाँ भवनमा सरेपश्चात् बिरामीले असहज महसुस गर्ने होकी भन्ने शंका हामीमा रहेको थियो । तर त्यसको असर बिरामी संख्यामा भने परेको छैन । अस्पतालमा ओपिडी, आइपिडी लगायत सम्पूर्ण तर्फ बिरामीको संख्या बढेको छ ।
नयाँ भवनमा के के सेवा थप गरिएको छ ?
ईशान बाल तथा महिला अस्पतालले वातावरण तथा बिरामीमैत्री नयाँ भवन बनाएको छ । बिरामी भएर उपचारका लागि अस्पताल आइपुगेका बच्चालाई खेल्ने ठाउँको समेत व्यवस्था भएको त्यसले नयाँ भवनमा सरेसँगै यस अस्पतालमा बालमैत्री वातावरणमा उपचार हुने गरेको छ।
यस भवनमा हामीले गाइनेमा आइभिएफ सेवा,अस्पतालले पेरियाड्रिक मेडिसिन अन्तर्गत ८-९ वटा सेवा थप गरेको छ । बच्चाको क्यान्सर अन्तर्गत विभिन्न रोगको उपचार यस अस्पतालले थप गरेको छ । जसमा हेमाटोलोजी, कार्डियोलोजी, न्यूरोलोजी,साइक्याट्रिक,अंकोलोजी,न्यूनाटोलोजी,ग्यास्ट्रोइन्टरोलोजी, लगायतका सेवालाई थप विस्तार गरिएको छ । त्यस्तै अस्पतालले बच्चाको एनआइसियू बेडको संख्या पनि बढाएर उपचार सेवा दिइरहेको छ ।
यो महिला अस्पताल पनि भएकोले हामीले यस भवनमा महिलाहरुको आइसियू उपचार पनि थप गरेका छौं । अस्पतालमा हाई डिप्रेन्सी यूनिटको पनि थप गरेका छौं । अस्पतालले सातै दिन ओपिडी सेवा प्रदान गरिरहेको छ। भिडभाड बढेको हुँदा गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालले ओपिडीमा दैनिक २ जना चिकित्सकबाट सेवा दिदैं आएको छ ।
अन्य अस्पतालले निश्चित दिनमा मात्रै बालबालिकाहरुलाई अतिरिक्त खोप दिने गरेको छ भने हामीले हप्तामा सातै दिन बालबालिकाहरुलाई खोप दिदैं आइरहेको छ । अल्टासाउन्ड तथा रेडियालोजी सुविधा २४ सै घन्टा अस्पतालले प्रदान गर्दै आइरहेको छ ।
बाल शल्यक्रियाको लागि ईशान बाल अस्पताल अब्बल संस्था मानिन्छ । नवजात शिशुको शल्यक्रिया,पेरियाट्रिक यूरोलोजी,पेरियाट्रिक ल्याप्रोस्कोपी शल्यक्रिया लगायत १८ वर्ष सम्मका बालबालिकाको जटिल प्रकारको शल्यक्रियाका लागि ईशान अस्पताल महत्वपूर्ण गन्तव्य मानिन्छ ।
सेवा विस्तार सँगै बिरामी संख्या कति बढेको छ ?
नयाँ भवनबाट सरेर विभिन्न सेवा विस्तार भएसँगै उपचारका लागि अस्पताल आउने बिरामी संख्या ५० प्रतिशतले बढेको छ । ओपडीमा ४० देखी ५० प्रतिशतसम्म बिरामीसँख्या बढेको छ । भर्ना हुने बिरामीको संख्या २५ देखी ३०,बाल तथा महिला शल्यक्रियामा १५ देखी २० प्रतिशतले बढेको छ ।
अस्पताललाई बाल रोग अध्ययन प्रतिष्ठान बनाउने योजना छ कि छैन ?
सरकारको नियमअनुसार कुनै पनि अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्नका लागि १०० बेडको अस्पताल हुनु अनिवार्य छ । १०० बेड अस्पताल स्वीकृतीका लागि अस्पतालले करिब करिब पूर्वाधारहरु तयार गरिसकेको अवस्था छ । सरकारले १०० बेडको अस्पताल स्वीकृति दिए लगतै हामीले अध्ययन अध्यापनको कार्य गर्नेछौं ।
हाम्रो सञ्चालक समितीको चाहना भने मध्यम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा दिने रहेको छ । अस्पताललाई प्रतिष्ठानको रुपमा विस्तार गर्नुका साथै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल सधै प्रयासरत्त रहनेछ । सेवा विस्तार कै क्रममा हामीले ब्लड बैंकको समेत स्थापना गरिसकेका छौं ।
निकट भविष्यमा नै अस्पतालले बालबालिकाको बोन म्यारो ट्रान्सपाल्न्ट सेवा विस्तार गर्दै छ । जुन नेपालभरि नै कुनै अस्पतालमा हुँदैंन।
अत्याधुनिक भवनबाट ईशान बाल तथा महिला अस्पतालले दिने सेवा के न्यून आय भएका मानिसहरुको पहुँचमा छ
अवश्य पनि । अस्पतालले दिने सेवा न्युन मध्यम आय भएका व्यक्तिहरुको पहुँचमा पनि छ । मध्यम आय भएका व्यक्तिहरुका लागि अस्पतालमा जनरल बेड छुट्याएको छ । गाइनोलोजिमा पनि पनि त्यस्तै छ ।
‘क्वालिटी सर्भिस फर एर्फोटेवल प्राईस’ भन्ने मुल नाराका साथ अस्पतालले सेवा दिदैं आएको छ ।