काठमाडाैँ । आजकाल जताततै मानिस सुत्दा घुरेकाे र रातभर डिस्टर्व गरेका घटनाहरू दैनिकजस्तै सुन्छाैँ । काेही दिक्क मानेका हुन्छन भने काेही समाधानकाे लागि चिन्तित बनेका पनि देखिन्छन् । यही घुराइका कारण कतिपयकाे दाम्पत्य जीवनपनि राम्राेसँग अगाडि नबडेका घटनापनि सुन्नु परेकाे छ । यसकारण आउनुहोस् , घुराइबारे जानाैँ र साेहीनुसार काम गराैँ ।
घुर्नु के हाे ?
आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु (स्नोरिङ) भनिन्छ ।
सामान्यतयाः निधाएको बेलामा घुर्नु (स्नोरिङ) कुनै रोग हाेइन । किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ, न दुखाई महसुस हुन्छ, न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउँदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ ।
किन घुर्छ मान्छे ?
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ ।
त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौँ ।
अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ–आफ्नो प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ । स्वासप्रस्वास प्रकृयामा जव त्यहि (एरो डाईजेष्टिक ट्रयाक) भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।
मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग (मुखे घांटी) भन्छौँ । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघांटी भन्छौँ । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।
कसरी गर्ने समाधान ?
यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायामले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ । किनभने बोसोले नलि साघुँर्याउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।