हरेक व्यक्तिको सुन्दरता उनीहरुको मुस्कानमा झल्कने गर्दछ । सुन्दर मुस्कानका लागि हाम्रो दाँत सुन्दर हुनु निकै जरुरी मानिन्छ तर दाँतको नाता सुन्दरता संग मात्र छैन, यो त हाम्रो शरीरको यस्तो हिस्सा हो, जसले समग्र स्वस्थ्यको अभिभारा बोकेको हुन्छ । यद्यपी आम मानिसहरुमा दाँत स्वास्थ्य तथा यसको स्याहारबारे केही भ्रम रहेको पाइन्छ ।
जसले गर्दाे मानिसहरु त्यसको आफूलाई तथा समाजलाई पनि गलत सन्देश दिइरहेका हुन्छन् । जस्तै गुलिलो खानेकुरा खानै हुन त्यसले दाँतलाई बिग्रार्छ भन्ने आम धारणा रहेको छ । गुलिलो खानेकुरा खानै हुँदैन भन्ने चाही होइन । तर त्यस्ता खानेकुरा खाएपछि सही तरिकाले दाँतको सरसफाइमा ध्यान दिनुपर्ने भने हुन्छ ।
हामीले खाएको गुलिलो खानेकुरामा दाँतमा अड्किएर त्यसमा रहेको ब्याक्टेरियाहरुले दाँतलाई असर भने गर्छ । त्यो एसिडका रुपमा परिणत भएर दाँत किराले खाने गर्छ, जसकारण दाँतमा खाल्डो पर्ने गर्छ । त्यसले गुलिलो खानेकुरा खाएपश्चात् राम्रोसँग मुख कुल्ला गरेको खण्डमा दाँत बिग्रनबाट जोगाउन सकिन्छ ।
बच्चाको दुधे दाँत झरे पनि केही फरक पर्छ ?
बच्चाको दुधे दाँत झरे पनि केही फरक पर्दैन भन्ने आम धारणा रहेको पाइन्छ । बच्चाको दुधे दाँतले स्थाई दाँत बस्नका लागि ठाउँ दिने गर्छ । जसकारण दाँत ठाउँमा नै पलाउनका लागि सहयोग गर्छ । समय नै नपुगी बच्चाको दुधे दाँत झरेको अवस्थामा त्यसले दाँतले पाउने स्थान नपाउन पनि सक्छ ।
शरीरका अन्य अंगको जस्तै दाँतको पनि त्यतिकै महत्व रहेको हुन्छ । दुधे दाँत समय अगाडि नै झरेको अवस्थामा दाँत रहेको ठाउँमा रहेको नशाको भागलाई असर गरी इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले बच्चाको दुधे दाँतलाई पनि शरीरका अन्य अंगलाई जस्तै हेरचाह गर्न आवश्यक हुन्छ ।
धेरै समय लगाएर दाँत ब्रस गर्दा बढी चम्किलो हुन्छ आम मानिसहरुमा दाँत स्वास्थ्य सम्बन्धी रहेको एक भ्रम धेरै समय लगाएर बस्र गर्दाे दाँत बढी चम्किलो हुन्छ भन्ने पनि हो । दाँत ब्रस गर्दाे कति समय लगाउने, कस्तो ब्रसको प्रयोग गर्ने, कस्तो मन्जन प्रयोग गर्ने भन्ने एउटा मापदण्ड नै रहेको छ ।
दाँत ब्रस गर्दा निम्नानुसार मापदण्डको पालना गर्नुपर्ने हुन्छ । ब्रस गर्दा हतार नगरी बिस्तारै गर्ने र तुरुन्तै पानीले कुल्ला गर्नु भन्दा ब्रस लाई सफा गर्ने मुखमा भएको पेस्ट थुक्ने र केहि समय राखेर मात्र कुल्ला गर्ने जसले गर्दा पेस्टमा भएको फलोराइडले दाँत मा काम गर्ने समय पाउँछ ।
के दाँत सफा गर्दाे कमजोर हुन्छ ?
दाँत सफा गर्दाे कमजोर हुन्छ भन्ने आम धारणा रहेको छ ।सफा गरेपछि दाँत सफा गरेपछि कमजोर हुने होइन, प्राय मानिसमा दुई किसिमको फोहोर पाइने गरिन्छ । एउटा हो डेन्टल क्लाकुलस जुन ढुङ्गा जस्तो हुने गर्छ र धेरैलाई यसको बारेमा थाहा पनि हुँदैन । दाँतको भित्र ढुङ्गा जस्तो फरमेसन देखियो भने प्रायले यसलाई दाँत नै भन्ने सोच्छन् तर यो क्लाकुलस हो ।
यस्तो फोहोरहरु छन् भने चाँहि यसले बिस्तारै गिजालाई असर गरिरहको हुन्छन् । त्यसैले यो क्लाकुलस छ भने निकाल्नु पर्ने हुन्छ । त्यसैगरी अर्को भनेको स्टेन हो । स्टेन चाहिँ विशेषगरी कफी, चिया, चियापत्तीको आइटमहरु, टोब्याको, चुरोट, तम्बाखुहरु प्रयोग गर्यो भने दाँतमा सानो सानो कालो दाग बस्न जान्छ र यो दागहरु सफा गर्दा दाँत सफा गर्नु पर्ने हुन्छ ।
क्लाकुलस सफा गर्दा दाँत र गिजाको बिचमा सफा गरिन्छ तर यो स्टेन्स सफा गर्दा दाँत नै सफा गर्नु पर्ने हुँदा बिस्तारै इनामेल जाने हुन्छ।दाँत प्रत्येक ६/६ महिनामा सफा गर्नु आवश्यक हुन्छ ।