नेपाल क्यान्सर अस्पताल नेपाल लगायत विश्वमा नै क्यान्सरले भयानक रुप लिइरहेको छ। प्रत्येक फ्रुबअरी ४ का दिनलाई वल्र्ड क्यान्सर डेको रुपमा मनाइदैं आइएको छ । क्यान्सर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघ (यूआईसीसी) को पहलमा सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।
यस वर्ष पनि 'क्लोजिङ द क्यान्सर केयर ग्याप'भन्ने नारासहित वल्र्ड क्यान्सर डे मनाइँदै छ। नेपालमा मात्रै नभई विश्वमा नै क्यान्सरका कारण धेरै मृत्यु हुने गरेको पाइएको छ। संसारमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको सेवन मात्रै नगरेमा ३३ प्रतिशत क्यान्सर रोगीहरुको संख्या घट्ने देखिन्छ। क्यान्सर अन्य रोगको तुलनामा भिन्नै छ।
सुरुवाती चरणमा पत्ता लगाउन सकेको खण्डमा क्यान्सरलाई पूर्ण रुपमा निको बनाउन सकिन्छ। नेपालले क्यान्सर रोग उपचारको निदानका लागि अझै धेरै काम गर्न बाँकी रहेको छ।हरेक वर्ष १ कराेड ४१ लाख क्यान्सरका नयाँ राेगी थपिन्छन्। अनि प्रत्येक वर्ष ८२ लाख मानिसले क्यान्सरका कारण ज्यान गुमाउने गरेकाे डब्लूएचओकाे तथ्याङ्कले देखाउँछ।
विश्वभरिका क्यान्सर बिरामीहरूकाे तथ्याङ्क राख्ने संस्था ग्लाेबाेक्यानकाे रिपाेर्टअनुसार सन् २०१५ देखि २०२० सम्म नेपालमा क्यान्सरका ३६ हजार ९ सय ६ जना बिरामी थिए । सन् २०२० मा मात्रै क्यान्सरका २० हजार ५ सय आठ जना नयाँ बिरामी थपिए। साेही वर्ष क्यान्सरबाट १३ हजार ६ सय २९ जनाकाे मृत्यु भएकाे थियाे ।
ग्लाेबाेक्यानकाे रिपाेर्टले पनि नेपालमा फाेक्साे, पाठेघर, स्तन, पेट, आन्द्राका क्यान्सरपीडित बढी रहेकाे देखाउँछ।
प्रस्तुती : लक्ष्मी चौलागाईं