काठमाडौं - झट्ट हेर्दा अझै जवान देखिने उहि जोस जागर र सक्रियता ले गर्दा कमै व्यक्तिले पूर्व गृहमन्त्री वामदेव गौतमको उमेरको आन्कलन गर्न सक्छन।
व्यायम र स्वस्थ्य खानपानलाई जिवनशैलि बनाएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पुर्व गृहमन्त्री वामदेव गौतम ६९ वर्ष उमेर नाघिसक्दा समेत निकैनै स्वस्थ्य र फुर्तिला देखिन्छन् ।
पुर्ब गृहमन्त्री गौतमले सामाजिक सञ्जालमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गर्दै लामो समय देखि नियमित व्यायाम गर्दै आइरहेको जानकारी गराएका छन् ।
उनका सहयोगी दीपक टमटाका अनुसार 'गौतम प्रायः जसो विहान दुई तिन घन्टा व्यायाम गर्छन् ।'
टमटाका अनुसार 'उनका छोरा हरिष गौतमसँगै बिहान ४ बजेनै उठेर भैँसेपाटी देखि मगरगाउँ हुदै चोभार डाडाँ सम्म पुग्छन, यो सँधैको सेड्युल बनिसकेको छ ,घर फर्किएर आएपछि पनि कहिले जिम त कहिले , योग, ध्यान गर्ने गर्छन ।'
बामदेब गौतम मात्रा नभएर सम्पुर्ण परिवार नै स्वास्थ्यमा त्यतिकै सजक बन्दै व्यायम, योग , ध्यान गर्ने गरेको टमटाले बताए ।
टमटा भन्छन 'राजनितिमा व्यस्त रहेका बेला पनि व्यायाममा ध्यान दिदिरहेका थिए,'अहिले पनि त्यसलाई निरन्तरता दिरहेका छन् ।'
खानपिनमा पनि ध्यान दिन्छन्। उनको खानामा अन्न र नुन एकदमै कम, सागपात ,माछा र कहिलेकाँही कुखुराको मासु खाए पनि रातो मासु खाने नगरेको दिपक टमटाले बताए ।
टमटाले थपे 'परिवार तथा भेट गर्न आउने सम्पुर्णलाई व्यायम, योगा र खानपानमा विषेश ध्यान दिन सुझाव दिने गर्छन ।'