कुनै समयमा पुगे पछि मानिसको उचाइ बढ्न रोकिने गर्छ । केहि मानिसहरुको उचाइ उमेरको तुलनामा निकै कम देखिने गर्छ । प्राय जसो यो समस्या महिलाभन्दा पुरुषमा हुने गर्छ । आफ्नो उचाइ कम भएको कारण पुरुषहरु निकै चिन्तित हुने गर्छन् । हामी हाम्रो शरीरको उचाइ योगको सहायताले बढाउन सक्छौं । विभिन्न योगहरुले तपाइको उचाइ बढाउन मद्धत गर्छन् ।
उचाइ बढाउन मद्धत गर्ने योगहरु यस्ता छन् :
१) ट्री स्ट्यान्ड पोज : सीधा उभिनुहोस् । हात माथि उचालेर जोड्नुहोस् । अब बायाँ खुट्टालाई दायाँ खुट्टाको तिघ्रामा राख्नुहोस् । अब आँखा बन्द गर्नुहोस् र ८ मिनेटजति ध्यान गर्नुहोस् ।
२) पादहस्तासन : खुट्टालाई जोडेर सीधा उभिनुहोस् । खुट्टालाई सीधा राखेर अगाडिपट्टि झुक्नुहोस् । अब हातलाई खुट्टाको मुनिपट्टि राख्नुहोस् । केही सेकेन्ड यही पोजिसनमा रहनुहोस् । यो कार्य ८ देखि १० पटक गर्नुहोस् ।
३) ताडासन : सीधा उभिनुहोस् । अब सास लिनुहोस् र दुवै हातलाई माथि उठाउनुहोस् । अब कम्तीमा ३० सेकेन्ड यत्तिकै रहनुहोस् । यो क्रम कम्तीमा १० पटक गर्न सक्नुहुन्छ ।
४) वीर भद्रासन : एउटा खुट्टा अघि सारेर अर्को पछि खिच्नुहोस् । पछिको खुट्टालाई ९० डिग्रीको एंगलमा राख्नुहोस् । अब दुई हातलाई शिरभन्दा माथि जोडेर राख्नुहोस् । अब १० देखि १५ पटक सास लिनुहोस् र छोड्नसुहोस् । यो क्रमलाई कम्तीमा १० पटकसम्म गर्न सक्नुहुन्छ ।
५) त्रिकोणासन : सीधा उभिनुहोस् । खुट्टाको बीचमा दुई फिट ग्याप राख्नुहोस् । दुवै हातलाई साइडमा लैजानुहोस् । दायाँ हातले बायाँ हातलाई छुने कोसिस गर्नुहोस् र बायाँ हातलाई एकदम माथि उचाल्नुहोस् । अब सामान्य अवस्थामा आउनुहोस् । यही कार्य दोस्रो हातले दोहोर्याउनुहोस् ।
६) भुजंगासन : पेटलाई छोड्नुहोस् । हातलाई कम्मरको नजिकै जमिनमा राख्नुहोस् । अब यसको सहारामा शरीरलाई उचाल्नुहोस् । केही समय यही पोजिसनमा रहनुहोस् । कम्तीमा १० पटकसम्म यो कार्य गर्न सक्नुहुन्छ ।