काठमाडौं । आधुनिक समयमा मानिस व्यस्त जीवनशैली बाँचिरहेको हुन्छ । कामको व्यस्तताले आधुनिक सुविधाको उपभोग गर्नु आजका मानिसको बाध्यताजस्तै बनेको छ ।
हामीले शरीरका लागि ऊर्जा प्राप्त गर्न र अन्य प्रक्रिया सुचारु राख्न खाद्यपदार्थ उपभोग गर्छौं । ती खाद्यपदार्थ पनि व्यस्तताका कारण घरमै बनेको नभएर बजारमा किनेर पनि उपभोग गर्नुपर्ने हुन्छ । हामीले खाएको खानाबाट प्राप्त ऊर्जा त्यही अनुपातमा खर्च भने नभएको हुन सक्छ । जुन बोसोको रूपमा शरीरमा जम्मा भएर बस्न थाल्छ ।
कसलाई बढी हुन्छ
. सहरबजारका बासिन्दामा शारीरिक रूपले निष्क्रिय जीवनशैलीका कारण
. अस्वस्थ्यकर खानपान
. कुर्चीमा बसेर काम गर्नुपर्ने बाध्यता
. पैदल कम हिँड्ने र सवारीसाधनको बढी प्रयोग
.मधुमेहका बिरामीमा करिब ९० प्रतिशत फ्याटी लिभरको समस्या देखिने गरेको छ ।
.मोटोपना बढी भएका व्यक्तिमा कलेजोमा बोसो जम्ने सम्भावना धेरै हुन्छ ।
.मदिरा सेवन गर्नेमा यो समस्या बढी देखिन्छ । मदिराले शरीरका अन्य भागमा भएको बोसोलाई समेत कलेजोतर्फ धकेल्न मद्दत गर्छ ।
.मदिरा सेवन गर्ने करिब ९० प्रतिशत व्यक्तिमा फ्याटी लिभरको समस्या देखिने गरेको छ ।
कसरी हटाउने बोसो ?
. कमाइभन्दा खर्च धेरै कम भयो भने धन सञ्चित भएझै खानापानभन्दा शारीरिक सक्रियता कम भयो भने बोसो जम्ने समस्याले सताउँछ । स्वस्थ्य कलेजोमा कुन कारणले बोसो जम्मा हुन थालेको हो त्यसको पहिचान गरेर बोसो आउने माध्यम बन्द गरेर बासो कम गर्न सकिन्छ ।
. स्वस्थ्यकर जीवनशैली अपनाएर फ्याटी लिभरको समस्यालाई सहजै जित्न सकिन्छ ।
. अल्कोहलिक वा ननल्कोहलिक जुनसुकै फ्याटी लिभर भए पनि मदिराजन्य पदार्थको उपयोग बन्द गर्नु उत्तम हुन्छ
. भैंसी, गाई, चौरी आदिको घिउ सेवन नगर्ने
. चारखुट्टे जनावरको मासु (रेड मिट) नखाने
. अन्डाको पहेँलो भाग नखाने
. चकलेट, नौनी, चिल्लो भएका वस्तु सेवन नगर्ने
. हरियो सागसब्जी, फलफूल, सलाद प्रशस्त खाने
. शरीरमा भएको बोसो पगाल्न शारीरिक सक्रियता, व्यायाम आदि गर्ने
. खानाको मात्रा घटाउनुका साथै दिनहुँ कम्तीमा तीन किलोमिटर छिटोछिटो हिँड्ने ।