महिला स्वास्थ्य तथा यस सम्बन्धित विविध पक्षहरुलाई ध्यानमा राखी आगामी मार्च ८ मा ओमन हेल्थ कन्फरेन्स हुन लागेको छ । महिला प्रजनन् स्वास्थ्य तथा महिला स्वास्थ्यसँगै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका अन्य स्वास्थयहरुसँग पनि यो सम्मेलन सम्बन्धित छ ।
महिला स्वास्थ्यका विभिन्न विषयहरुलाई छलफल गर्ने मुख्य लक्ष्यका साथ नेपालमा नै पहिलो पटक यस सम्मेलन हुन लागेको हो । यस सम्मेलनको छलफलबाट उठेका महिला स्वास्थ्य सम्बन्धि विषयवस्तुहरु आगामी सन् २०३० सम्मका लागि महिला स्वास्थ्यको क्षेत्रमा गर्ने कामको मार्ग दर्शक बन्नेछन् ।
सम्मेलन काठमाडौंमा हुने भएपनि दुरदराजका महिलाहरुको स्वास्थ्य सम्बन्धि जिज्ञासा तथा अवस्थाको बारेमा समेत जानकारी लिई उनीहरुलाई समेट्नका लागि हामीले देशैभरिबाट साइन्टिफिक पेपर माग गरेका छौ । हाम्रो माग अनुरुप नै दुर्गभ क्षेत्रका महिलाहरुको समेत प्रतिनिधित्व हुनेगरी ती पेपरहरु आउनेमा हामी विश्वस्त छौं । यसरी पनि हामीले ती महिलाहरुलाई समेट्न नसकेको खण्डमा विभिन्न प्रकारका कार्यक्रम तथा छलफल गरी ती महिलाहरुको स्वास्थ्य स्थितीका बारेका जानकारी लिनुका साथै हामी निचोडमा पुग्ने छौं ।
यस सम्मेलनले महिलाको स्वास्थ्यमा प्रत्यक्ष रुपमा प्रभाव नपारेपनि अप्रत्यक्ष रुपमा भने अवश्य नै प्रभाव पार्छ । सम्मेलनमा उठान भएका विभिन्न विषयहरुले हामीलाई मार्गदर्शन गर्नेछ । जसले गर्दो आगामी योजनामा महिला स्वास्थ्य त्यस्ता विषयले स्थान पाउन सक्छ । जसको फाइदा महिलाहरुलाई नै हुने हो ।
सम्मेलन सफल भएको म त्यतिबेला मात्रै मान्छु , जतिबेला हामी यस सम्मेलनले दिएको मार्ग दर्शन अनुसार काम गर्न सक्छौं । उक्त सम्मेलनबाट आएको निचोडलाई कार्यान्वयन गर्न सकेको खण्डमा मात्रै हामी सफल भएको मानिन्छ । त्यसैले सम्मेलनको निचोडलाई कार्यान्वयनलाई लागि हामी एकदमै अग्ररता देखाएर काम गर्नेछौं ।
मेरो बुझाइमा यो सम्मेलन महिलाका लागि मात्रै नभई सबैका लागि उतिकै महत्वपूर्ण छ । महिला स्वास्थ्यका विषयमा विभिन्न प्रकारका अनुसन्धान गर्नेहरुका लागि पनि यो उतिकै महत्वपूर्ण छ । महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने,महिला स्वास्थ्यको विषयहरु उठान गर्ने सम्पूर्ण तथा महिला स्वास्थ्यका जायज् विषयवस्तुहरु उठान गर्ने सम्पूर्णमा यो सम्मेलनमा सहभागिताको लागि आहवान गर्दछु । ग्रामीण भेगमा महिलासँग प्रत्यक्ष रुपमा सहभागी भई काम गर्ने महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सार्वजनिक निकायहरु तथा जोसँग यस विषयमा अनुभव छ, सबैको यस सम्मेलनमा सहभागिता होस् भन्ने चाहन्छु ।
महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने विभिन्न प्रकारका संघ संस्थाहरुलाई समेत आर्थिक तथा प्राविधिक सहयोगका लागि समेत आग्रह गर्दछु । अर्याल परिवार योजना तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख हुन् ।