एजेन्सी । शिलाजित सेवनले, खास गरी पुरुषलाई फाइदा बढी गर्ने कुरा केहि पत्रपत्रिकामा छापेको भएपनि यो महिला पुरुष दुबैले सेवन गर्न सकिने कुरा पत्ता लागेको छ । शिलाजित खाँदा शरीरमा सेक्स हार्मोनको मात्रा वृद्धि हुन्छ । यो महिला तथा पुरुष दुवैको प्रजनन क्षमता बढाउन पनि लाभदायक सिद्ध छ ।
हाम्रो देशमा शिलाजीतको खानी भएपनि यसको प्रयोग कम भएको देखिन्छ । नियमित सेवन गर्न सकिने शिलाजीतको उपयोग विभिन्न रोगमा प्रयोग गर्न सकिने देखिन्छ । जोर्नी दुख्ने सुगरका रोगीले खायमा कमजोर नहुने आयुर्वेद ग्रन्थमा उल्लेख गरेको पाइन्छ ।
शिलाजीत एक रोग अनेक भने जस्तै एउटा औषधिले थुप्रै रोग निको गराउन सक्क्षम छ । यस्ता अनेकौं औषधि हाम्रो देशमा पाइन्छ तर यसतर्फ खोज खबर हुन सकेको छैन ।
शिलाजीतबाट उपचार गर्न सकिने रोगहरू
१. यो बलबर्धक छ । शिलाजीतमा एंटीऑक्सिडेंट हुने हुनाले जाडो मौसममा चिसोबाट बचाउन राम्रो भूमिका शिलाजीतले खेल्न सक्छ ।
२. शिलाजीतको सेवन गराउनाले मस्तिष्कलाई समेत स्वस्थ राख्दछ । शिलाजीतमा न्यरोप्रोटेक्टेब क्षमता हुने हुनाले मानिसलाई रोग प्रतिरोधक क्षमता बढाउछ । शिलाजीतमा विर्सने रोग भएकाहरूलाई समेत यसको सेवनले राम्रो फाइदा पुराउने गर्दछ ।
३. शिलाजीतको प्रयोग गर्नाले हर्मोन र इम्यूनो सिस्टम नियन्त्रित गर्दछ ।
४. यसको प्रयोगले जोर्नी दुख्ने, युरिक एसिड बढ्ने समस्यालाई समेत नियन्त्रण गर्दछ । युरिक एसिड क्रमश: ठिक हुदै जान थाल्दछ ।
५. शिलाजीतको प्रयोगले मधुमेह रोगमा रगतमा हुने ग्लूकोज र लिपिड प्रोफाइल कम गर्न राम्रो भूमिका खेल्दछ ।
६. सेक्स कमजोर हुने हरूले नियमित शिलाजीत दुधसंग सेवन गर्नाले बुढो पनि जवान हुने उल्लेख गरेको छ ।
७. यो प्राकृतिक भिटामिन भएकाले यसको सेवन गर्नाले अनेक रोग हुनबाट समेत बचाउने छ ।