मानिसले हरेक काम गर्न आफ्नो मस्तिष्कलाई तीक्ष्ण र फुर्तिलो राख्नु अनिवार्य हुन्छ । जसले गर्दा दैनिक कार्यमा सहयोग हुने मात्र नभई स्मरणशक्ति पनि बलियो हुन्छ । तपाईंले दैनिक गर्ने कार्यहरुमा केही हेरफेर गरेपनि आफ्नो मस्तिष्कलाई फुर्तिलो र स्वस्थ राख्न सक्नु हुन्छ ।
बिहान ६ बजे आफ्नो विपरीत (देब्रे) हातले ब्रश गर्नुहोस् बिहान उठ्ने बित्तिकै शुरु हुने नित्यकर्ममा सधैं सक्रिय हुने भन्दा फरक (दायाँ वा बायाँ) हातले गर्नुहोस् । नियमित चल्ने हात भन्दा फरक हातले यस्तो काम गर्नुभयो भने तपाईं आफ्नै मस्तिष्कलाई च्यालेन्ज गर्न सक्नुहुन्छ । यसबाट मस्तिष्कसँग समन्वय र एकाग्रता सहजै पाउन सकिन्छ ।
विहान ८ बजे कुकुर जस्तै आसनको योग गनुहोस् बिहान ८ बजे कुकुर जस्तै आसनको योगा गर्न सकिन्छ । बिहानैको सूर्य नमस्कार आसनको योगाले मस्तिष्कलाई सक्रिय बनाउँछ । करिव २० मिनेटको योगाले मस्तिष्कलाई नियन्त्रण र सूचना ग्रहण गर्न सहयोग गर्छ ।
बिहान १० बजे, आफ्नो घडी अर्को नाडीमा बाध्नुहोस् बिहान १० बजे, आफ्नो घडी अर्को नाडीमा बाँध्नुहोस् परिमार्जित गतिविधिले अचेत मस्तिष्कलाई तपाईंले सोचेको भन्दा थप शक्ति मिल्छ । यो तपाईंलाई सरल लाग्न सक्छ तर एक पटक प्रयोग गरेर त हेर्नुस् ।
मध्यान्ह १२ बजे, सुडुको वा क्रसवर्ड खेल खेल्नुहोस् मध्यान्ह १२ बजे, सुडुको वा क्रसवर्ड खेल खेल्नुहोस् पत्रपत्रिकामा पाइने अक्षर मिलाउने तथा रहस्यमय बाटोहरु पत्ता लगाउने खेलको अभ्यास गर्नुहोस् यसले तपाईंको मस्तिष्कलाई स्वस्थ र चलाख बनाउन सहयोग गर्छ । वा तपाईं आफ्नो मोबाइलमा यःतो गेम डाउनलोड गरी खेल्न सक्नुहुन्छ । यो अभ्यास १५ देखि ३० मिनेटसम्म गर्न उचित हुन्छ ।
दिउँसो २ बजे, कफि खाने समय छुट्याउनुहोस् । दिउँसो २ बजे, कफी खाने समय छुट्याउनुहोस् । कफीले तपाईंको थकित मस्तिष्कलाई सक्रिय र ताजा बनाउन मद्दत गर्छ । एक अध्ययन अनुसार कफीमा एक प्रकारको वनस्पतितुल्य क्षार पाइन्छ । दैनिक २ सय मिलिग्राम क्षारले अघिल्लो दिनको मस्तिष्कको स्मृतिलाई पुन ताजा गराउन प्रभावकारी भूमिका खेल्छ ।
दिउँसो ४ बजे, भाषा अनुवाद गर्ने मोवाईल एप चलाउनुहोस् एउटा उपर्यूक्त भाषा अनुवाद गर्ने मोवाईल एप डाउनलोड गरेर विदेशी वाक्यांशहरु सिक्नुहोस् । यसले तपाँईलाई विदेसी भाष सिकाउनुको साथै अन्य धेरै ज्ञान हासिल गर्न मद्दत गर्छ ।
बेलुका ६ बजे, बेलुकाको खानामा सकेसम्म माछा खाने गर्नुहोस् बेलुका ६ बजे, बेलुकाको खानामा सकेसम्म माछा खाने गर्नुहोस् कम्तिमा हप्तामा २ पटक माछा वा समुद्रि खाना खाने गर्नुस् । यदि बुढाबुढी वा अल्जाइमरका बिरामी छन् भने हप्तानमा एकपटक खाँदा राम्रो हुन्छ । माछाले तपाईंको मस्तिष्कलाई प्रर्याप्त प्रोटिन र भिटामिन उपलब्ध गराउँछ । करिब एक हप्ता यी दैनिक ७ सरल कार्य गरेर हेर्नुहोस केहि फरक र मार्ट अनुभूति गर्नुहुनेछ ।