काठमाडौं । नेपाल औषधि उत्पादक संघले औषधिको आपूर्तिमा विभिन्न प्रकारको असहजता खडा गर्नु जनस्वास्थ्य माथिको खेलवाड भएको बताएको छ ।
नेपालको संविधानले कुनै पनि व्यवसायलाई अगाडि बढाउन पाउने कार्यलाई संवैधानिक हकको रुपमा व्याख्या गरेको भएपनि नेपाल औषधी तथा बिक्रि प्रतिनिधि संघ नामक संस्थाले औषधि व्यवसायीहरुको कार्यमा बाधा खडा गरेको नेपाल औषधि उत्पादक संघले बताएको छ । उक्त संस्था बिहीबार एक विज्ञप्ती सार्वजनिक गरी यस्तो बताएको हो ।
उक्त संस्थाका सदस्यहरुले औषधी उद्योगीहरु र उद्योगमा कार्यरत व्यवस्थापकहरुलाई उक्त संस्थाको पुर्व स्वीकृती नलिई बजार प्रवेश गर्न नदिने, उद्योगको बजार बाट उठाउनुपर्ने रकम उठाउन बन्देज लगाउने, उद्योगको बैठक स्थलमा जबर्जस्ती प्रवेश गरि हुलहुज्जत गरि लाखौं रकम असुली गर्ने जस्ता कानुन विपरीतका कार्यहरु गरिरहेकोमा औषधी उत्पादक संघको गम्भीर ध्यानाकर्षण भएको छ।
औषधी जस्तो संबेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलवाड हो ।नेपालमा औषधीको बजारीकरण गर्ने सम्बन्धमा बिभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल,समुह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने,कार्यस्थलमा लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधी पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संबिधान र बिद्यमान कानुन विपरीत रहेको संघको दाबी छ ।
गैह्रकानुनी रुपमा कर्मचारीहरुलाई काम गर्न निषेध गर्ने, जबरजस्ती रकम असुुलि गर्ने,हुलहुज्जत गर्ने, धम्कि दिने जस्ता कार्यको कानुनी उपचार खोजिने चेतावनी समेत संघले दिएको छ ।