काठमाडौं ।स्वस्थ जीवन सबै मानिसको चाहना हो । यद्यपि खानपान शैली, खराब वातावरण,वंशाणुगत कारण लगायत विभिन्न कारणले मानिस सधैं स्वस्थ्य रहन सक्दैन । विभिन्न संक्रमणहरुले आक्रमण गर्नुको मूख्य कारक तत्व नै खानपान हो ।त्यसैले,खानपानप्रति विशेष ध्यान दिन आवश्यक हुन्छ।त्यसैले, निरोगी बन्ने यी उपायहरु जान्नुहोस् !
व्यायाम
मानिस स्वास्थ्य रहनका लागि आरामदायी जीवन कहिल्यै रोज्नुहुँदैन।
मासुको सेवन कम
मासु कम खानु स्वास्थ्यको लाभदायिक मानिन्छ ।
फलफुल र सागसब्जीमा
ताजा फलफूल तथा हरियो सागसब्जीहरु खानु स्वास्थ्यको लागि फाईदाजनक मानिन्छ ।
पर्याप्त पानी पिउने
सधैँभरी स्वस्थ रहनलाई प्रशस्ता मात्रामा पानी पिउनुपर्छ ।
राम्रोसँग पकाउने
जुनै, चीज पकाउँदा राम्रोसँग पकाएर मात्रै खानुपर्छ ।तर कतिपयः सागसब्जी र तरकारीलाई काँचै खादा पनि फाइदा हुन्छ ।तरकारी पकाउँदा राम्रो तेलको छनौट गर्नुका साथै खानेकुरालाई धेरै फ्राई नगर्नका साथै कम नुन हाल्नुपर्छ ।
जंक फुड नखाने
प्याकेटमा राखिएका र परिष्किृत गरिएका खानेकुराले स्वास्थ्यलाई असर गर्छ ।त्यसैले, यस्तो खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।
रमाइलो गर्नुपर्छ
धेरै चिन्ता दुःख विभिन्न रोगहरु निम्तयाउने भएकाले समय निकालेर रमाईलो गर्नुपर्छ ।जस्तैः पत्रपत्रिका पढ्ने, नाँचगान गर्न, साथीसंङ्गीहरुसँग घुम्न पनि मुड फ्रेसको लागि गर्न सकिन्छ ।
धुम्रपान नगरौं
धुमपान स्वास्थ्यका दृष्टिले पनि फाइदा मानिदैन ।धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ । धुमपान गर्न छोडेको २० मिनेटपछि नै मुटुको धड्कन शान्त हुन्छ ।