काठमाडौं - निषेधाज्ञामा प्राय जसो मानिसहरु घर भित्र नै सिमित रहनु परेको छ । यो समयमा मानिसहरुमा विभिन्न समस्याहरु आउँछन् जसका कारण मानसिक स्वास्थ्यमा असर पर्न जान्छ । यो समयमा मानसिक स्वास्थ्यको हेरचाह यसरी गर्न सकिन्छ ।
नियमित रुपमा शारीरिक व्यायाम योग तथा व्यायाम गरौं ।
घरायसी काम तथा पारिवारीक छलफलमा सहभागी बनौं ।
आफुले रुचाएको खेल खेल्ने, किताब पढ्ने, लेख्ने, तथा रचनात्मक चलचित्रहरु हेर्ने ।
सजिलोसँग पच्ने पोषणयुक्त खानेकुरा खाने ।
दैनिक कार्यतालिका बनाएर आफ्नो दिनचर्यालाई व्यस्त तथा सक्रिय राख्ने ।
सामाजीक सञ्जालको प्रयोग घटाउने र आधिकारीक न्यज र्पोटलहरु मात्र हेर्ने ।
टाढा भएपनि आफन्त र साथिभाइसँग नियमित सम्पर्कमा रहौं ।
तनाव व्यवस्थापन गर्न गाह्रो परे मनोचिकित्सक वा मनोबिद्सँग परामर्श लिने ।
प्रयाप्त मात्रामा सुत्ने ।