काठमाडौं । मानव शरीरका सम्पूर्ण अंगहरूमा मानवलाई हानि नगर्ने किसिमका ब्याक्टेरिया हुन्छन् । पिसाब फेर्ने, दिसा गर्ने ठाउँवरपर मानव शरीरका अन्य ठाउँभन्दा धेरै ब्याक्टेरिया हुन्छन्। कुनै कारणवश ती ब्याक्टेरियाहरू मूत्रनली वा मूत्रथैलीमा पुगेमा पिसाबको संक्रमण हुने गर्दछ।
प्राय: मानिसले फोहोर ठाउँमा पिसाब गरेमा पिसाबमा विभिन्न खाले संक्रमण हुन सक्छ भन्ने आशंका गर्छन्, तर त्यस्तो भने होइन । ब्याक्टेरिया मानव शरीरबाट नै हुने हो र त्यसले नै पिसाबमा संक्रमण गराउने गर्छ।
भागदौड जीवनशैलीमा व्यक्तिहरूमा प्रायः मूत्र रोगको समस्या देखिन्छ । यो रोग जीवनशैलीसँग जोडिएको छ । यसबाट बच्न यौनमार्गको सफाइमा विशेष ध्यान दिनुपर्छ । सफाइको अभावमा संक्रमण हुने सम्भावना बढिरहन्छ । जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । बालबालिकामा पनि पिसाब संक्रमणको समस्या बढ्दो छ।
यदि बारम्बार बच्चालाई पिसाबको संक्रमण देखिएमा के गर्ने ?
१. पानी झोलिलो पदार्थ प्रशस्त ख्वाउने
२. कब्जियतको उपचार गर्ने
३. डाइपर बदल्दिने, पटक पटक पिसाब फेर्ने बानी गराउने (प्रत्येक ३-४ घंटामा)
४. नानीहरुको गुप्तांग अगाडीबाट पछाडीको दिशामा सफा गर्ने
५. सुतिको भित्री वस्त्र लगाईदिने
६. सुगन्धित साबुनको प्रयोग नगर्ने
७. दही दैनिक खुवाउने
८. मूत्र प्रणालीको संरचनात्मक खराबीको कारणले संक्रमण भैराखेको हो की भनेर विभिन्न परिक्षणहरु गराउन सकिन्छ।
पेटको Ultrasound, Micturating cystourethrography (विशिष्ट खालको एक्सरे), Nuclear scans
(डा.निश्चल संजीवनीको फेसबुक वालबाट साभार)