मकै सेवन गर्नुको अनेक लाभ छन् । यो भिटामिन, फाइबर, म्याग्नेशियम, पोटासियम, भिटामिन(बी) , एन्टिअक्सिडेन्ट र ल्यूटेन जस्ता पोषक तत्वको स्रोत हो । प्राय हामी मकै उसिनेर, पोलेर खाने गर्छौ । मकैको चटपटे बनाएर खाँदा पनि स्वादिलो हुनुको साथै पोषीलो पनि हुन्छ ।
-हरियो मकैलाई उसिनेर छोडाउने ।
-अब एउटा कराईमा तेल हाल्ने अनि लसुन अदुवा फुराउने ।
-अदुवा लसुन पकाएर त्यसमा उसिनेको मकै हाल्ने ।
-मकै हालेपछि त्यसमा खुर्सानी मसाला र चार्ट मसाला हाल्ने ।
-केही मिनेट त्यसलाई चलाउने र निकाल्ने ।
-अलिकति प्याज ,टमाटार,कागती र धनियाँ हालेर पस्कने ।
मकैको चटपटे खानुका फाइदाहरु
-फाइबरयुक्त खाना र मुटु रोगीलाई उपयुक्त खाजा ।
-भिटामिन र मिनरल्स पाइने ।
-फोलिक एसिड युक्त ।