एजेन्सी । चिसो मौसममा दिन छोटो हुन्छ । जसका कारण मानिसले कम समय मात्रै घाम ताप्न पाउँछ । जसका कारण सिजनल अफेक्टिभ डिसअर्डर (एसएडी) को जोखिम हुन्छ।
चिकित्सकका अनुसार घाम मानिसलाई चाहिने अत्यावश्यक तत्व हो। यसले शरीरको हाइपोथेलेमसलाई उत्तेजित गर्छ। हाइपोथेलेमस दिमागको यस्तो हिस्सा हो, जसले निद्रा, भोख र मूडलाई नियन्त्रण गर्छ।
कारण
चिकित्सकका अनुसार यो रोगका विभिन्न कारणहरू छन् ।
जैविक घडी प्रभावित
चिसो मौसममा शरीरले पर्याप्त घाम पाउँदैन । जसका कारण शरीरको जैविक घडी प्रभावित हुन्छ । र, व्यक्तिले डिप्रेसनको लक्षण महसुस गर्न सक्छ ।
सिरेटिनिनको स्तर कमी
सिरेटोनिन एक न्युरो टान्समिटर हो । शरीरमा यसको लेबल कम भएपछि यसको असर मानिसको मूडमा पर्छ । र, मानिस उक्त रोगको सिकार बन्न सक्छ। भिटामिन डीले शरीरमा सिरेटोनिन उत्पादन गर्न मुख्य भूमिका निभाउँछ । यसको कमीले नै शरीरमा सिरेटोनिनको लेबल घट्छ । जसका कारण मानिस दिनमा अल्छीपन महसुस गर्न सक्छ।
मेलेटोनिनको स्तर वृद्धि
मेलेटोनिन यस्तो हर्माेन हो, जसको असर मानिसको निद्रा र मूडमा पर्छ । एसएडीबाट पीडित व्यक्तिको शरीरमा मेलेटोनिनको मात्रा बढेको पाइन्छ । जसका कारण मानिसले अल्छीपन महसुस गर्छ ।
लक्षण
चिकित्सकका अनुसार यो रोगका बिरामीलाई यी लक्षणहरू देखापर्छन् ।
अल्छीपन तथा कमजोर महसुस गर्नु
एकाग्रतामा कमी
निद्रामा समस्या
निराशा तथा अपराधबोध महसुस गर्नु
काममा रुचि घट्नु
भोक तथा तौलमा बदलाव
डिप्रेसन महसुस गर्नु
उपचार
चिकित्सकले एसएडीको उपचार गर्ने यी उपाय सुझाएका छन् ।
एन्टिडिप्रेसेन्ट
चिकित्सकले डिप्रेसन तथा एसएडीका बिरामीलाई एन्टिडिप्रेसेन्ट औषधी प्रेस्क्रिप्सन गरेको पाइएको छ । यद्यपि, बिरामीले चिकित्सकको सल्लाहबिना औषधी प्रयोग गर्नुहुँदैन ।
लाइट थेरापी
चिकित्सकका अनुसार सन् १९८० को दशकमा लाइट थेरापी एसएडीका लागि उपयुक्त उपचार मानिन्थ्यो । यो प्रक्रियामा बिरामी बिहान लाइट बक्स नजिकै राखी उपचार गरिन्थ्यो । जसबाट बिरामीले आराम महसुस गर्थे ।
साइकोथेरापी
काग्रिटिव बिहेभियर थेरापी साइकोथेरापीको एक प्रकार हो, जो एसएडीको उपचारमा फाइदाजनक हुन्छ । यसमा मानिसको नकारात्मक सोच वा विचारको पहिचान गरी बिहेभियर एक्टिभेसन तरिकाबाट उसमा सकारात्मक सोचको प्रोत्साहन गराइन्छ ।