एजेन्सी । खानामा कतिपय चीज यस्ता हुन्छन् जो कैयौं व्यक्तिले दिनहुँ सेवन गर्दछन्। तर केही यस्ता चीज छन् जसलाई दिनहुँ खाँदा बेफाइदा पनि गर्न सक्छ ।त्यस्तै केही ४ चिजका बारेमा हामी यहाँ बताउन गइरहेका छौं । जसलाई दिनहुँ सेवन गर्दा हानिकारक हुन सक्छ।
१.हरियो भटमास
हरियो भटमास कतिपयले उसिनेर वा कतिपयले तरकारी बनाएर खाने गर्नुहुन्छ । तर यो पेटका लागि भारी हुन्छ । त्यसैले दिनहुँ सेवन गर्दा यसले हानी गर्न सक्छ । यसले बाथ, पित्त दुवै बढाउने काम गर्छ । यो शुक्राणु स्वास्थ्यका लागि पनि त्यति राम्रो मानिँदैन ।
२. रातो मासु
रातो मासुलाई शरीरले पचाउन समय लाग्छ त्यसैले यसले पनि शरीरलाई फाइदा गर्दैन । दिनहुँ यसको सेवनले विभिन्न खाले रोगहरु निम्तिन सक्छ । आवश्यकता भन्दा धेरै रातो मासुको सेवन क्यान्सरको कारण पनि बन्न सक्ने अध्ययनले देखाएको छ ।
३. सुकेका तरकारी
हाम्रो नेपाली समाजमा सुकेका तरकारी, साग, गुन्दु्रक, पाप्रो आदि खान एकदमै रुचाउँछौं । यो पनि दिनहुँ सेवन गर्नु चाहिँ शरीरलाई बेफाइदा नै गर्छ । बाथका लागि पनि यो त्यति राम्रो हुँदैन ।
४. डब्बाको खानेकुरा
खाने चीजहरुलाई डब्बामा अमिलो बनाएर राखिने गरिन्छ । ताकि त्यो लामो समयसम्म खाइरहनका लागि उपयुक्त हुन्छ । अचार, विभिन्न खुर्सानी, तरकारी, आदि अमिलो बनाएर डब्बामा लामो समय राखेर खानु हुँदैन ।
साथै यो दिनहुँ सेवन गर्दा यसले शरीरमा गर्मी उत्पन्न गर्छ । जसले गर्दा शरीरमा जलन हुने गर्छ । साथै पित्त र रगतमा पनि विकार उत्पन्न गराउँछ ।