काठमाडौं । काठमाडौंको बौद्धमा अत्याधुनिक प्रविधी तथा सुविधासहित लोटस स्किन केयर एन्ड हेयर क्ल्निीक सञ्चालनमा आएको छ । आज एक भव्य समारोहका बीच उक्त क्ल्निीकको उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहको प्रमुख अतिथीका रुपमा अभिनेत्री दीपाश्री निरौला रहेकी थिईन् । विशेष अतिथीका रुपमा नेपाल सरकारका उर्जामन्त्री राजेन्द्र प्रसाद लिङदेन,पूर्व निर्वाचन आयुक्त निलकन्ठ काफ्ले,अभिनेत्री विनिसा हमाल,संचिता लुइँटेल लगायतको उपस्थिती थियो।
सञ्चालक समिती सदस्य बिसु खातीका अनुसार विदेशमा व्यापक रुपमा चलिसकेको अवधारणालाई नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको हो । यहाँ लेजर प्रविधिबाट विश्वस्तरीय छालाको सम्बन्धी समस्याको उपचार गरिने उनको दाबी छ । यसका साथै कपाल प्रत्यारोपण, बोटक्स लगायत चायाँ पोतोको उपचारमा गुणस्तरीय प्रविधिको प्रयोग गरिने सञ्चालक पक्षको दाबी छ।
यहाँ सौन्दर्य सम्बन्धी मात्रै नभई छालाको समस्याको समेत समाधान गरिने खाती बताउँछन् । हेयर सैलुनतर्फ भने हेयर स्ट्रेट, कटिङ, हेयर कलर लगायतका गुणस्तरीय सेवा यहाँ दिइने छ । सैलुनतर्फ नेपालमै पहिलो पटक अन्र्तराष्ट्रिय स्तरको सेवा दिन लागेको दाबी खातीको छ ।
१० जना युवा उद्यमीबाट सुरु गरिएको लोटस स्किन केयर एन्ड हेयर क्ल्निीक करिब ३ करोडको लगानीमा सञ्चालनमा आउन लागेको हो । डा.बिक्रान्त ढकाल,डा.प्रकाश आचार्य तथा डा.एलिसा श्रेष्ठ जस्ता ३ जना ख्याती प्राप्त डाक्टरहरुको सेवा यहाँ पाउन सकिन्छ ।