काठमाडौं । गर्भावस्थामा महिला स्वस्थ हुन आवश्यक छ । गर्भवतीको स्वास्थ्य अवस्थामै गर्भमा रहेको भ्रुणको स्वास्थ्य निर्भर रहन्छ । विशेषगरी, उच्च रक्तचाप, मधुमेह, मृगौला र पाठेघर सम्बन्धि समस्या भएमा गर्भावस्थामा समस्या उत्पन्न हुनसक्छ । जसका कारण गर्भपतनको सम्भावना अत्याधिक हुन्छ ।
गर्भपतन हुने कारणहरु
१.गर्भभित्र रहेको बच्चाको कारण
२.आमाको कारण
३.पाठेघरको खराबीको कारण
गर्भावस्थामा हुने समस्याहरु
१.गर्भावस्थामा हुने साधारण असुविधाहरु
-बिहानपख वाकवाकी लागि बान्ता हुने
- मुटु पोल्ने वा छाती पोल्ने
-खाना अपच हुने
-कब्जियत हुनु
- खुट्टाका नसाहरु सुन्निने
-चिलाउने
-मांसपेशीहरु कटकटी दुख्नु
-कम्मर दुख्ने
-टाउको दुख्ने
- सुन्निने
२.गर्भावस्थामा हुने असाधारण अवस्थाहरु
-धेरै बान्ता हुने
-रक्त विषाक्तावास्था
-उच्च रक्तविषाक्ता अवस्था
३.गर्भावस्थालाई खतरामा पार्ने केही तत्वहरु
-.गर्भावस्थामा हुने रक्तश्राव
-गर्भवति भएको पहिलो २२ हप्ताभित्रमा हुने रक्तश्राव,गर्भ रहेको २२ हप्तापछि जन्ममार्गबाट हुने रक्तश्राव