एजेन्सी । बेथे तपाई हामीमध्ये धेरैलाई मनपर्ने सागमा पर्छ। बेथे सागलाई तुच्छ खानेकुराको रुपमा हेर्ने आम मानिसहरुको चलन रहेको छ। तपाई हामी मध्ये धेरैलाई यसको फाइदाबारे थाहा नभएकै कारण बेथे साग अपहेलित हुन पुगेको हो।
प्रायः बेथे सबै तिर सजिलै पाइन्छ। यसलाई मन नपराउँने मान्छे विरलै होलान्। बेथे दुई किसिमका हुन्छ। एक सामान्य हरियो पात भएको र अर्कौ रातो पात भएको हुन्छ । बेथेअहिलेको मौसमी सागपात हो। यस्का आठ फाइदाहरु यस्ता रहेका छन्।
१. यसको प्रयोगले विभिन्न रोगबाट मुक्ति मिल्छ। मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । बेथेको साग थुप्रै औषधिको गुणले भरिपूर्ण हुन्छ।
२. बेथेमा फलाम, फस्फोरस, भिटामिन डी र क्षार धेरै मात्रामा पाइन्छ। यो शुक्रवर्धक र कब्जियत भगाउन लाभकारी मानिन्छ । कलेजोसम्बन्धी रोग, अजीर्ण, ग्यास, जुका, पत्थरी, पेट घोच्ने समस्यालगायतबाट मुक्ति मिल्छ।
३. भोक नलाग्ने, खाना ढिलो पच्ने, डकार, पेट फुल्नेजस्ता समस्या हटाउन पनि बेथे लाभदायक हुन्छ। पिसाब, मूत्राशय, मृगौलासम्बन्धी रोग निको पार्न र छालासम्बन्धी रोगमा समेत यसको उपयोग प्रभावकारी मानिएको छ।
४. बेथेमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम र भिटामिन ए, मिनिरल्स र आइरन प्रचुर मात्रामा पाइन्छ। यसमा सोना धातु पनि पाइन्छ जो कुनै अन्य सागसब्जीमा पाइँदैन। औषधिका रुपमा बेथेका पंचागं अर्थात पाँच अंग ९जरा, डाठ, पात, फल र फूल० लाई प्रयोग गरिन्छ।
५. बेथेको तरकारी नियमित सेवन गरेमा वाथ यूरिक एसिड, रक्त र त्वचा विकार टाढा हुन्छ।
६. बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिँदैन । यसले आमाशयलाई बलियो बनाउँछ।
७. बेथेको सबैभन्दा ठूलो गुण भनेको शरीरमा भएका सबै प्रकारका विषहरूको निवारण गर्नु हो। बेथेलाई विषनिदान नाम दिइएको छ।
८. यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ।