काठमाडौं । रामेछाप जिल्ला अस्पतालमा आजबाट हामीले डायलायसिस सेवा सुरू भएको छ । रामेछापको पहिलो अस्पतालमा डायलायसिस सेवा सुरू भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा सेवा सरू गर्नका लागि प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, प्रदेश आपुर्ति व्यवस्थापन शाखाको महत्वपूर्ण भूमिका रहेको अस्पतालले जनाएको छ ।
आजबाट सुरू भएको सेवा सञ्चालन गर्न अस्पतालमा प्रयाप्त जनशक्ति भएको र त्यसलाई विस्तार व्यवस्थित गदैृ जाने अस्पतालको मेडिकल सुपरिटेन्डेट डा.गगन अधिकारीले बताए । उनका अनुसार रामेछाप नगरपालिका भित्र ११–१२ जना नियमित डायलासिस गर्ने विरामी छन् । यो डाटा नगरपालिकाको भएको डा.अधिकारी बताए ।
उनले अब डायलासिस सेवा अस्पताबाट पाउँने भएपछि काठमाडौं धाउनपर्ने बाध्यताको अन्त्य भएको बताए । डायलासिस सेवाको विषयमा विस्तारै गाउँस्तरसम्म जानकारी फैलाउने डा.अधिकारीले बताए । यो सेवा प्रदेश सरकारको नीति अनुसार भएको उनले बताए ।
सेवा सुरू गर्न अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.गगन अधिकारी, डा.भुषण सुबेदी, डा.पवन खत्रि, नर्सिङ्ग इन्चार्ज यशोदा बराल, स्टाफ नर्स शान्ति अधिकारी, स्टाफ नर्स मनिता योन्जन, स्टाफ नर्स स्मिर्ति मगर, स्टाफ नर्स शिखा हायु, पदम शंकर गौतम सर, राजन फुयाल सर, प्रेम बस्नेत सर अनि अस्पतालका अन्य कर्मचारीहरुको अथक प्रयास रहेको अस्पतालले जनाएको छ ।