काठमाडौं । सागसब्जी होस् वा फलफूल, मौसम अनुकूल सेवन गर्नु लाभदायक हुन्छ । यतिबेला चिप्ले भिन्डीको सिजन हो । चिप्ले भिन्डी नेपालीको भान्सामा धेरै पाक्ने सव्जी भित्र पर्छ ।
तर, त्यसको सेवनले शरिरलाई विशेष फाइदा हुन्छ भन्ने कमैलाइ थाहा होला ।बहुगुणी मानिने चिप्ले भेन्डीले मुटुृ रोगबाट बचाउनेदेखि विभिन्न फाइदा पुग्ने बताइन्छ । यसले पाचन प्रकृयालाई पनि बलियो बनाउँछ ।
१. एक अध्ययनबाट के थाहा भएको छ भने, चिप्ले भिन्डीमा रहेको तत्वले आन्द्रामा हुने कोलोन क्यान्सरको बिषालु तत्वलाई हटाउने क्षमता राख्छ । भिन्डी क्यान्सरमा फाइदाजनक हुन्छ।
२. भिन्डीमा प्रोटिन, क्याल्सियम, बोसो, कार्बोहाइड्रेड, सोडियम र फलामका साथै फोस्फोरस जस्ता स्वास्थ्यका लागि आवश्यक सबैजसो तत्व सामेल हुन्छ ।
३. भिन्डीको प्रयोगले केस लामो सामयसम्म कालो र घना हुन्छ । भिन्डीको सेवन मात्र होइन, यसलाई स–सना टुक्रामा काटेर केसमा लगाउन सकिन्छ । यसले केसलाई मुलायम बनाउँछ ।
४. भिन्डीले तौल नियन्त्रण गर्न पनि सघाउँछ । यसले शरीरमा बढ्ने बोसोलाई घटाउँछ, जसको कारण पेटमा अतिरिक्त बोसो लाग्दैन र तौल नियन्त्रण हुन्छ ।
५. हरियो भिन्डीमा रहेको आइरन तत्वले हाम्रो शरीरमा निकै फाइदा पुर्याउँछ । यसले रगतमा हेमोग्लोबिन निर्माण गर्छ, जसले तपाईंलाई एनिमियाबाट बचाउँछ । यसका साथै भिन्डीमा रहेको भिटामिनले रक्तश्राव रोक्न सहयोग गर्छ।
६. यसमा रहेको फाइबरले कब्जियतको समस्या हटाउन सहयोग गर्छ ।
७. भिन्डीले ब्लडमा सुगरको मात्रा कम गर्छ । यसले गर्दा मधुमेहका रोगीलाई भिन्डी सेवन उपयोगी हुन्छ ।