काठमाडौं । राम्रोसग दिसा खलास नहुन अर्थात कबिजयत हुनु, पखला लाग्नु, ग्यासले गर्दा पेट फुल्नु, पेट बाउाडिएर दुख्नुजस्ता पेटसम्बन्धि गडबडिलाई इरिटेबल बाबल सिन्ड्रोम (आइ बि एस ) भनिन्छ । यस्तो अवस्थामा आन्द्राको काईमा प्रतिकुल असर परि व्यीक्तको स्वास्थ्यमा असुविधा हुने भएकाले काई क्षमतामा ह्रास भई स्फुर्तिमा कमि आउन सक्छ ।
खानाबाट मात्र यस्ता समस्या आउन सक्छ भन्ने हुदैँन । शररिभित्र जिवाणुको प्रक्रिया, तनावपुर्ण वातावरण, शारीरिक सुस्तता जस्ता विविध कारणले आइ बि एस हुन सक्छ । तर कतिपय यस्ता खाद्यपदार्थहरु छन् जसले यस्ता किसिमका समस्याहरु बल्झाउन सहयोग गर्छ ।
साधारणय अल्कोहल, दुध तथा दुधाट बनेका खाद्यपदार्थहरु, क्याफिनयुक्त पेयपदार्थ, ग्यास उत्पन्न गर्ने कार्बोनेटयुक्त पेयपदार्थ, कृत्रिम गुलियाृ जस्ता खाद्यपदार्थले उचित रुपमा दिसा खलास गर्ने कार्यमा व्यवधान पैदा गर्छ । त्यसैले व्यक्तिको स्वास्थ्य अनुसार भोजनको व्यवस्था गथर्नुपर्ने हुन्छ ।
आइ बि एस हुन नदिन ध्यान पुर्याउनुपर्ने कुराहरु
एकै पटक धेरे परिमाण्मा खाना खानुभन्दा थोरै र पटक पटक गरी खानु उपयुक्त हुन्छ ।
दैनिक प्रशस्त मात्रामा सफा पानी, झोलपदार्थ पिउनुपर्छ । दैनिक ६ देखि ८ गिलाससम्म पानी पिउनुपर्छ ।
व्यक्तिको स्वास्थ्य अवस्था अनुसार भोजन खानुपर्छ । कब्जियत भएमा बढि फाइबर, कम चिल्लो भएको र पखला लागेमा कम फाइबर कम चिल्लो भउको भोजन खानुपर्छ ।
कम चिल्लो भएको भोजनले आन्द्रा खुम्चनबाट बचाउनुको साथै पाचनक्रिया सुचारु पार्ने र दिसा लेसिनबाट बचाउँछ ।
चिया, क्याफिनजस्ता खाद्यपदार्थ, अल्कोहल तथा काब्रोनेटयुक्त ग्यास पैदा गर्ने पेयपदार्थको उपभोग कम गर्नुपर्छ ।
बिशेषगरी सागसबिज, ब्रोकाउली, बन्दा, काउली, प्याज आदि दैनिक भोजनमा समाबेश नगर्दा राम्रो हुन्छ ।
भोजनमा द्दुलनशिल फाइबरयुक्त खाद्यपदार्थ समाबेश गर्नुपर्छ ।
पेट गडबड गराउने किसिमका खाद्यवस्तु रातो मासु, दुध, फ्राइ गरेको खाद्यवस्तु, अण्डाको पहेँलो भाग सकेसाँ खानामा समाबेश गर्नुपर्छ ।
तनाव, चिन्ताले आइ बि एस बल्झाउने हुनाले सकेसम्म तनावबाट मुक्त रहनुपर्छ ।
त्यस्तै, शारीरिक व्यायम पनि गर्नुपर्ने हुन्छ ।