काठमाडौं । कालो अंगुर स्वादिलो फलफूल हो । यो धेरे गुलियो हुने भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन्।
- रक्ताल्पता
शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेटमा कालो अंगुर खानु राम्रो हुन्छ । यसले रगतको मात्रा बढाउने काम गर्छ।
- हृदयघात
हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ। तपाईं पनि मुटुरोगी हुनुहुन्छ भने कालो अंगुरको रस पिउनु राम्रो मानिन्छ।
- क्यान्सर
अंगुरमा भएको पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट मात्र नभई कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग र फंगल संक्रमणबाट लड्ने क्षमता प्रदान गर्छ ।
- रक्तस्राव
शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनाले रगतको क्षतिपूर्ति हुने गर्छ ।
- फोकाफोकी अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि यसले सहायकको रुपमा काम गर्छ ।
- स्मरणशक्ति बढाउँछ
कालो अंगुरको नियमित सेवनले स्मरण शक्ति बढ्छ । कालो अंगुरले दिमागको कार्यक्षमता बढाउँछ ।
- इन्सुलिन बढाउँछ
कालो अंगुरमा रेसवार्टल नामक पदार्थ पाइन्छ जसले इन्सुलिन बढाउने काम गर्छ।
- कपाल
यसमा भिटामिन ईको मात्रा भरपुर हुने भएकाले यसले कपाललाई निकै फादा पुर्याउँछ । कपाल झर्नबाट रोक्नुका साथै राम्रो समेत बनाउँछ ।
- तौल घटाउन
कालो अंगुर खाँदा तौल कम गर्न पनि मद्दत पुग्छ ।
- माइग्रेन
माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा केही कम हुन जान्छ ।