काठमाडौं । स्तनपान आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ । पहिलो बिगौते दूध बच्चाको लागि अमृत समान हुन्छ, त्यसले बच्चालाई धेरै रोगहरूबाट लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । स्तनपान र सघनतालाई परिवार नियोजनको माध्मको रूपमा पनि लिइन्छ ।
भ्रम
आमाको स्तन सानो भए प्रशस्त दुध आउँदैन
वास्तविक तथ्य
सबै आकारको स्तनले प्रशस्त दूध बनाउन सक्छ । आमाले स्तनको आकारलाई ध्यान नदिई आफ्नो बच्चालाई सफलतापूर्वक स्तनपान गराउन सक्छन् ।
आफ्नो बच्चालाई दूध खुवाउने आमाको स्तन संग जोडि आमाको नजिक राखी सही तरिकाले बच्चालाई समाएर स्तनपान गराउन आवश्यक छ ।
भ्रम
सुरुको केहि दिनहरुमा आमाको स्तनबाट पर्याप्त दूध उत्पादन हुन सक्दैन ।
वास्तविक तथ्य
प्रारम्भिक दिनहरुमा उत्पादन हुने दूधलाई बिगौति दूध भनिन्छ । यो दूध बच्चालाई चाहिने सबै पोषक तत्वले भरिएको हुन्छ । मात्राको हिसाबमा कम भएपनि नवजात शिशुको पेट भर्नका लागि भने पर्याप्त हुन्छ । बच्चालाई भोक लाग्दा हरेक पटक स्तनपानले बच्चाले प्रयाप्त मात्रामा पोषक तत्व पाइरहेको छ भनी सुनिश्चित गर्न मद्दत गर्छ । दुधको आपूर्ति पनि बढाँउछ ।
भ्रम
आमालाई आराम होस् भनेर शिशु र आमालाई अलग राख्नुपर्छ ।
वास्तविक तथ्य
शिशु जन्मनसाथ स्वास्थ्यकर्मिहरुले प्राय आमा र शिशु दुवैको शरिरको सम्पर्कको अभ्यासलाई प्रोत्साहित गर्छन जसलाई मायाको न्यानो अँगाालो भनिन्छ ।
बच्चा र आमाको लामो सम्पर्कले बच्चाको शररिको तापक्रम उचित अवस्थामा राख्न मद्दत गर्छ । बच्चा र आमा बिचको भावनात्मक सम्बन्ध प्रगााढ गरी स्तनपान गराउन मद्दत पुर्याउछ।