काठमाडौं । भिटामिन डी मानिसको शरीरको लागि अति आवश्यक पौष्टिक तत्व हो ।
भिटामिन 'डी' दाँत र हाडका लागि अति जरुरी हुन्छ। यसको कमीले शरीरमा क्याल्सियमको शोषण कम हुन्छ र विभिन्न शारीरकि समस्या निम्तिन सक्छ। भिटामिन 'डी'को कमीले बालबालिकाको हातखुट्टा बाँगिने समस्या 'रिकेट्स' हुन्छ।
यसको कमीले विभिन्न किसिमका संक्रामक रोग पनि लाग्न सक्छ। गर्भवती महिलाको शरीरमा भिटामिन 'डी' को कमी हुँदा गर्भको बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। यस्ता समस्या रोक्न घर-आँगनमा छताछुल्ल निःशुल्क रूपमा प्राप्त हुने सूर्यको किरणमा बस्न सिकाउनुपर्ने भएको छ।
शरीरमा भिटामिन डीको कमीका लक्षण
-हड्डीमा दुखाइ महसुस हुनु
-मांसपेशी कमजोर महसुस हुनु
-थकान तथा कमजोरी महसुस हुनु
-आवश्यकभन्दा बढी निद्रा लाग्नु
-डिप्रेसनमा परेको महसुस हुनु
-शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु
-बारम्बार रोगको संक्रमण हुनु
भिटामिन डी कमी भएको कसरी थाहा पाउने?
शरीरमा भिटामिन डीको कमी भए–नभएको रगतको परीक्षणमार्फत थाहा हुन्छ । त्योभन्दा अरू केही तरिका पनि छन्, जसले रगतको परीक्षण नै नगरी पनि शरीरमा भिटामिन डीको कमी रहेको पत्ता लगाउन सकिन्छ ।
यस्ता खानेकुरामा पाउन सकिन्छ भिटामिन 'डी '
१) बोसो भएको माछा-माछाको तेल
२) कलेजो
३) अण्डाको पहेंलो भाग
४) पनिर, चिज, नौनी, दुध
५) मर्जारिन
६) भिटामिन डी मिसाइएको खानेकुराहरु