काठमाडौं । मौसम अनुसार मानिसले आफ्नो खानपान शैली बदल्नुपर्ने हुन्छ ।गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ । गर्मीमा दही, मोही खानु पर्दछ । शरीरमा तापक्रमको मात्रालाई सन्तुलित राख्नको लागि यस्ता खानेकुरा खानुपर्दछ।
सिमी
सिमीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरमा रोगप्रतिरोधी क्षमता विकास गर्छ । यसबाहेक शरीरलाई आवश्यक पौष्टिक तत्व जस्तै स् प्रोटिन, भिटामिन ए, बी र सी, क्याल्सियम, आइरन तथा बिटा क्यारोटिन पाइन्छ । क्यान्सर, मधुमेह र फ्याटी लिभरको समस्या कम गर्छ। त्यसैले, गर्मीमा सिमी स्वास्थ्यको लागि उपयोगी मानिन्छ।
भन्टा
भन्टा भिटामिन र खनिजको राम्रो स्रोत हो । यसमा उच्च मात्रामा फाइबर पाइने भएकाले यो पाचन पक्रियाका लागि लाभदायी हुन्छ। सिजनमा फलेको भन्टा नियमित सेवन गर्दा हाड तथा जोर्नीको समस्या हुने सम्भावना न्यून हुन्छ । यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले गर्मीमा लाग्न सक्ने रोगबाटसमेत बचाउँछ।
गोलभेँडा
गोलभेँडा जुनसुकै मौसममा खाँदा पनि स्वास्थ्यका दृष्टिकोणले राम्रो हुन्छ । गोलभेँडामा प्रशस्त पानी हुने भएकाले गर्मीका लागि उपयुक्त तरकारी हो । यसमा क्यालोरी ठिक्क मात्रामा ९१ सय ग्रामको गोलभेडामा १८ प्रतिशत क्यालोरी० पाइन्छ । त्यसैले, यो हलुका तरकारीमध्येमा पर्छ । त्यस्तै, यसमा फाइबर र प्रोटिनसमेत पाइने भएकाले स्वास्थ्यका दृष्टिकोणले राम्रो हो ।
काँक्रो
प्रशस्त पानीको मात्रा हुने भएकाले काँक्रो गर्मीका लागि उपयोगी छ । त्यस्तै, काँक्रो भिटामिन र एन्टिअक्सिडेन्टको पनि राम्रो स्रोत हो । साथै, खनिज तत्वको मात्रा पनि भरपुर हुने भएकाले शरीरमा रहेका विशाक्त वस्तुलाई बाहिर निकाल्छ ।
फर्सी
गर्मीमा सजिलै उपलब्ध हुने फर्सी स्वास्थ्यका दृष्टिकोणले समेत निकै उपयोगी हुन्छ । यसमा पाइने पोटासियमको मात्राले रक्तचाप नियन्त्रण गर्छ । त्यस्तै एन्टिअक्सिडेन्टले आँखाको दृष्टिमा आउने समस्या कम गर्छ । त्यसैले, नियमित फर्सीको सेवनले क्यान्सर, हृदयरोग, दम र चाँडै बुढो देखिने समस्याको जोखिम घटाउँछ ।
भेडे खुर्सानी
भेडे खुर्सानी ९क्याप्सिकम० भिटामिन सी को भण्डार हो । यसमा प्रशस्त मात्रामा क्यालोरी हुन्छ। यो जुनसुकै तरकारीमा मिसाएर खान सकिन्छ।
गान्टेमुला
पातसहितको गान्टे मुलामा भिटामिन फाइबर पाइन्छ। जसले पाचन प्रक्रिया सहज बनाउँछ।
भिन्डी
भिन्डीमा एन्टिअक्सिडेन्ट, फाइबरजस्ता पौष्टिक तत्व पाइन्छन् । यसले रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्ने भएकाले मधुमेहका बिरामीका लागी फाइदाजनक मानिन्छ । त्यस्तै, यसमा एक किसिमको एन्टिअक्सिडेन्ट हुन्छ, जसले तनाव व्यवस्थापन गर्न मद्दत पुर्याउँछ।