काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत्त चिकित्सक, नर्स, पारामेडिक्स लगायत सम्पूर्ण स्वास्थ्य क्षेत्रका जानकारहरुलाई विश्वका नयाँ नयाँ प्रविधिहरुबारे देखाउने तथा बुझाउने मुख्य लक्ष्यका साथ यस मेडिकल एक्स्पोको आयोजना गरिएको हो ।
मेडिकल क्षेत्रमा कार्यरत्त व्यक्तिहरु यस्ता प्रविधिहरुसँग जानकार हुनका लागि विदेश जानुपर्ने अवस्था थियो । त्यस अवस्थाको अन्त्य गर्नका लागि नेपाल मेडिकल एक्स्पोको आयोजना गरिएको हो । विगतमा चिकित्सकहरु पनि यस्ता प्रविधिहरुबारे जानकारी लिनका लागि विदेश जाने गरेका थिए । यस एक्स्पोले नेपालमा नै त्यस्ता प्रविधिहरुबारे जानकारी लिन पाउने अवसर स्वास्थ्य क्षेत्रका व्यक्तिहरुलाई दिएको छ ।
एक्स्पोमा भारत, चीन,दक्षिण कोरिया,जापान,जर्मनी लगायत विश्वका विभिन्न मुलुकहरुको सहभागिता रहेको छ । सहभागी देशहरुले स्टल लिएर आफ्नो देशका मेडिकल क्षेत्रमा भएका विभिन्न प्रकारका प्रविधिहरु नेपालमा प्रदर्शन गरेका छन् । यूरोप तथा अमेरिकाका कम्पनीहरुको समेत यहाँ सहभागीता रहेको छ ।
एसटी प्रोमोले आयोजना गरेको यस एक्स्पोको सहकार्य केमिकल एन्ड मेडिकल सप्लायर्ससँग रहेको छ । नेपालमा चाहिने सपोर्ट हामीले गरिरहेको हुनाले यस एक्स्पो एसटी प्रोमो तथा केमसनको संयुक्त आयोजनामा भएको हो । करिब २०० वटा स्टलहरु रहेको यो एक्स्पो विश्वका प्रविधिहरु सिक्ने एउटा सुनौलो अवसर पनि हो । विगतका दिनका कागतज हेरेर विश्वका प्रविधिहरुबारे जान्ने अवसर चिकित्सकहरुलाई मिल्थ्यो । तर एक्स्पोले विश्वका प्रविधिहरुलाई प्रत्यक्ष रुपमा बुझ्ने अवसर दिएको छ ।
यसमा करीब दुई सय वटा स्टल राखिने भएको छ। जसमा विशेषगरी इन्डिया, चाइना, कोरिया युरोप लगायतका देशहरूले भाग लिएका छन्। तीमध्ये ५० स्टल भने नेपालका उद्योग तथा सप्लायर्सका छन्। हामीले यस प्रदर्शनीमा राख्ने नयाँ प्रविधि नै हो। त्यसमा ल्याव र अस्पतालमा प्रयोग हुने विभिन्न टेक्नोलोजी र प्रविधि नयाँ इनोभेटिभ प्रोडक्टहरू आउछन्।
त्यसैगरी पुराना प्रविधिहरू पनि छन्। यो प्रदर्शनीको प्रमुख आकर्षण भनेको आफ्नो देशमा नै बेर विदेशमा रहेका प्रविधिहरूको बारेमा हेर्न र बुझ्न पाइन्छ । क्याटलगको भरमा सामान किन्नुर्ने अवस्थाको अन्त्य गर्छ । सामानहरू प्रत्यक्ष रूपमा हेरेर त्यसबारे निर्णय गर्न सकिन्छ । जसले गर्दा आत्मविश्वास पनि बढ्न जान्छ र त्यसको वास्तविकता पनि थाहा हुन्छ।
यो वर्ष स्वास्थ्य क्षेत्रमा करीब सात देखि आठ हजार स्वास्थ्य व्यवसायीहरू, स्वास्थ्यकर्मीहरू, हस्पिटल व्यवस्थापनका व्यक्तिहरू अवलोकन गर्न आउने आँकलन गरिएको छ।यो प्रदर्शनी निशुल्क छ।