काठमाडौं । नेपाल टेलिकमले ग्राहकवर्गलाई अत्यावश्यक भइसकेका सेवाहरुबाट वन्चित गराउनुपरेकोमा क्षमा मागेको छ ।
सडक, खानेपानी, ढल, विद्युत, लगायत अन्य विभिन्न जनसरोकारका पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडाले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा यी संरचनामा क्षति पुगेकोमा टेलिकमले क्षमा मागेको छ ।
काठमाडौ उपत्यकाका ठमेल, ताहाचल, ज्याठा, कमलादी, कपन, गोंगबु, हात्तिगौंडा, खुशिबु, तीनकुने (सुविधानगर), लुभु, किर्तिपुर लगायत विभिन्न स्थानमा पछिल्ला केही दिनमा कम्पनीको भूमिगत तथा पोलमा रहेका संरचनामा क्षति पुग्न गएको छ । हजारौं ग्राहक केही अवधिका लागि सेवा प्रयोग गर्नबाट वञ्चित हुनुपरेको टेलिकमले जनाएको छ ।
सेवा सुचारु गर्नका लागि क्षतिको प्रकृति अनुसार केही समय लाग्नसक्ने समेत टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख गरे । संरचना निर्माण वा विस्तारका लागि नेपाल टेलिकमले जुनसुकै संस्थासँग पनि सहकार्य गर्न तयार रहेको बताएको छ ।