काठमाडौं । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, बिराटनगरले बेलबारी नगरपालिका वडा नं. ७ बाहुनीमा, स्वस्थ बाहुनी अभियान शुरु गरेको छ । न्युरो अस्पतालका कार्यकारी निर्देशक डा.अनिशा विष्टले आफु हुर्केको माटोको सम्मानमा यो अभियानको थालनी गरेको बताइन । बाहुनी क्षेत्रका बासिन्दाहरुलाई न्युरो अस्पतालले प्रदान गदै आएको सम्पुर्ण स्वास्थ्य सेवामा सरल तथा सहज पहुँच पुर्याउने उद्देश्य अभियानको रहेको छ ।
शनिवार बाहुनीमा आयोजित एक भव्य कार्यक्रमको बिच अस्पतालका कार्यकारी निर्देशक डा. अनिशा विष्ट र बेलबारी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुनिता चौधरीले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै बेलबारी नगरपालीकाका नगर प्रमुख दिल प्रसाद राईले स्वस्थ बाहुनी अभियान बाहुनी क्षेत्रका बासिन्दाको स्वास्थोपचारको सन्दर्भमा कोसेढुगां साबित हुने बताए । त्यसैगरि न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्यरोलोजिस्ट डा. बिरेन्द्र कुमार बिष्टले स्वस्थ बाहुनी अभियान बाट बाहुनीका बासिन्दासँग प्रत्यक्षसँग जोडिन पाउदाँ खुशी महसुस गरेको व्यक्त गरे । कार्यक्रममा न्युरो अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराई, अस्पताल निर्देशक ई. रन्जित राज बस्नेत, बेलबारी नगरपालीकाका पदाधिकारीहरु, न्युरो अस्पतालका बरिष्ठ विशेषज्ञ चिकित्सकहरु लगायत सर्वसाधारणहरुको बाक्लो उपस्थिती थियो ।
स्वास्थ बाहुनी अभियान अन्तर्गत बाहुनीवासीलाई न्युरो अस्पतालमा निःशुल्क ओपिडी सेवा तथा सम्पुर्ण जाँच तथा उपचारमा छुटको व्यवस्था, निःशुल्क एम्बुलेन्स सेवा, बाहुनी स्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीमा न्युरो अस्पतालले सहयोग गर्ने, बाहुनीमा न्युरो अस्पताले समय समयमा निशल्क स्वास्थ्य शिविर गर्ने लगायतका सेवाहरु समावेश गरिएको थियो ।
निःशुल्क बृहत स्वास्थ्य शिविर
कार्यक्रम पछि निःशुल्क बृहत स्वास्थ्य शिविरको पनि आयोजना गरिएको थियो । बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कमार विष्ट, बरिष्ठ न्युरो सर्जन याम बहादुर रोका, बरिष्ठ प्रसुती तथा स्त्री रोग विशेषज्ञ प्रोफेसर डा. शैलजा क्षेत्री (श्रेष्ठ), बरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रन्जन थापा, बरिष्ठ नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका (भट्टराई) ,बरिष्ठ अर्थोपेडिक सर्जन डा. अमित देब, बरिष्ठ रेडियोलोजिष्ट डा. निरज रेग्मी, बरिष्ठ बाल रोग विशेषज्ञ डा. सुरेश प्रसाद शाह, बरिष्ठ कार्डियोलोजिष्ट डा. राजन कर्ण, आपतकालिन सेवा चिकित्सक डा. प्रफुल्ल कोइराला, बरिष्ठ दन्त रोग विशेषज्ञ डा. अमित प्रताप शाह, बरिष्ठ फिजियोथेरापिष्ट डा. नविन कुमार चौधरी तथा मेडिकल अफिसरहरु लगायतका स्वास्थ्य टोलीले ६५० भन्दा बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।
उक्त शिविरमा ४२३ जनाको मधुमेहको जाँच, १०० जना भन्दा बढी बिरामीको इसिजी, ६४ जनाको अल्ट्रसाउन्ड, ३३ जनाको इकोकार्डियोग्राफी तथा २५ जनाको किराले खाएको दाँत निकालिएको अस्पतालले जनाएको छ । करिब ७० प्रतिशत भन्दा बढी महिला स्वास्थ्य सेवाग्राही रहेको शिविरमा औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।