एजेन्सी । टमाटर विश्वमा सबैभन्दा धेरै प्रयोग हुने सब्जी हो । सबैको भन्सामा टमाटरसहितको तरकारी पाकेकै हुने गर्दछ । टमाटर सब्जीमा लगाउनका साथै विभिन्न अचारका रेसिपिका लागि पनि प्रयोग गरेको पाइन्छ ।
टमाटरमा क्याल्सियम, फस्फोरस र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ। धेरैजसो मानिसले सलाद, सूप र तरकारीमा टमाटरको प्रयोग गर्ने गर्दछन् ।
यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी, एन्टी–क्यान्सर गुणले तपाईंलाई रोगहरूबाट बचाउँछ । तर टमाटर धेरै मात्रामा खानु भयो भने बिरामी पनि बनाउन सक्छ। टमाटरको सेवनले जोर्नी सुन्निने र दुख्ने समस्या हुन्छ ।
यस्ता छन् टमाटर खानुका बेफाइदाहरु
ग्यास्ट्रिक एसिडको समस्या
टमाटरमा एसिडको मात्रा धेरै हुन्छ। यसलाई धेरै मात्रामा सेवन गर्नाले ग्यास्ट्रिक एसिड बढ्न सक्छ । जसले गर्दा मुटुमा जलन हुन गर्दछ । यदि तपाईलाई पाचन प्रणालीसँग सम्बन्धित समस्या छ भने टमाटरको थोरै मात्रामा खाँदा राम्रो हुन्छ ।
मृगौला रोग
मिर्गौला रोगीले टमाटर खानु हानिकारक मानिन्छ । मृगौला सम्बन्धी समस्यामा पोटासियमको अत्याधिक सेवनले क्षति पु¥याउँछ । टमाटरमा पोटासियम धेरै हुन्छ। यसबाहेक टमाटरमा अक्सालेट नामक एन्टिअक्सिडेन्ट पनि उच्च हुन्छ । यसले मृगौला समस्या निम्त्याउन सक्छ।
जोर्नी दुख्ने र सुन्निने
टमाटरको अत्याधिक सेवनले जोर्नी सुन्निने र दुख्ने समस्या हुन्छ । टमाटरमा सोलानिन हुन्छ । जस्ले गर्दा जोर्नी दुख्ने र सुन्निने हुन्छ ।
एलर्जी
टमाटरमा हिस्टामिन नामक कम्पाउन्ड हुन्छ । टमाटर बढी खाँदा छालामा दाग वा एलर्जी हुन सक्छ। यसले तपाईको मुख, जिब्रो र घाँटीमा पनि संक्रमण हुन सक्छ।टमाटरमा एसिडको मात्रा बढी हुन्छ र टमाटर बढी खानाले मूत्राशय पोल्ने समस्या हुन्छ । यदि तपाईं मूत्रनलीको संक्रमणको समस्या छ, तब टमाटरको अधिक मात्रा तपाईंको समस्या अझ बढाउन सक्छ।