अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला स्वास्थ्य क्षेत्रमा भएका विभिन्न अनुसन्धानका बारेमा चासो हुनु स्वभाविक नै हो । हामीले संमग्र स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्दै आइरहेकामा महिला स्वास्थ्यको क्षेत्रमा पनि अनुसन्धान गर्दै आइरहेका छौं ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्ने विभिन्न प्रकारका अनुसन्धानको क्षेत्र वा शीर्षकको एक महत्वपूर्ण पाटो महिला स्वास्थ्य पनि हो । स्वास्थ्य अनुसन्धानका क्षेत्रमा नेपाल सरकार तथा विभिन्न दातृ निकायहरुबाट प्राप्त हुने बजेटबाट स्वास्थ्य अनुसन्धान परिषद्ले काम गरिरहेको छ । यस संस्थाले गरेको मातृ मृत्युदर सम्बन्धि अनुसन्धानको नतिजा चाँडै नै प्रकाशित हुँदै छ । स्वास्थ्य मन्त्रालय, केन्द्रीय तथ्यांक विभाग तथा स्वास्थ्य अनुसन्धान परिषद्को सहकार्यमा मातृ मृत्युदरसम्बन्धि उक्त अध्ययन भएको हो । स्वास्थ्य अनुसन्धान परिषद्ले गरेका विभिन्न अध्ययनमध्ये यो एक महत्वपूर्ण र ठूलो अध्ययन हो । यो अनुसन्धानले नेपाल सरकारलाई मातृ मृत्युदर घटाउनका लागि एकदमै महत्वपूर्ण खेल्न सक्छ ।
महिला स्वास्थ्यको क्षेत्रमा स्वास्थ्य अनुसन्धान परिषद्ले कम उमेरमा हुने विवाह सम्बन्धि अनुसन्धान गरिरहेको छ । यस अनुसन्धानका लागि हामीलाई आर्थिक तथा प्राविधिक सहयोग युनिसेफले गरिरहेको छ। यस अनुसन्धानले कम उमेरमा हुने विवाहले महिला स्वास्थ्यमा पार्ने असरहरुको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने छ । यस रिपोर्टलाई हामी चाँडै नै सार्वजनिक गर्न खोजिरहेका छौं ।
नेपालमा ४९ हजार भन्दा धेरै महिला स्वास्थ्य स्वयंम् सेविकाहरुले महिला स्वास्थ्यको क्षेत्रमा विशेष योगदान दिदैं आइरहेका छन् । स्वास्थ्य सूचकमा उनीहरुको योगदान प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै रुपमा भइरहेको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरुको कार्यलाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारेमा पनि हामीले अध्ययन गरिरहेका छौं ।
पोलिसी लेबलमा अनुसन्धान परिषद्को भुमिका
स्वास्थ्य क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानको माध्यमद्वारा स्वास्थ्यका नीति तथा कार्यक्रम निर्माणमा नेपाल सरकारलाई सहयोग गर्नु नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को मुख्य काम हो । हामीले गरेको अनुसन्धानले राज्यलाई कस्तो सहयोग पुग्यो, नीति निर्माणको तहमा कसरी कार्यान्वयन भयो भन्नेबारे पनि हामीले अध्ययन गर्दै छौं । आगामी दिनहरुमा हामी पोलिसी गाइडलाइन बनाउने हिसाबले काम गर्ने छौं।
नेपाल सरकारले महिला स्वास्थ्यको क्षेत्रमा पत्ता लागेका तथ्य र अपुरा तथ्यहरु दुवैलाई समावेश गरी नीति निर्माण बनाउनुपर्ने आजको आवश्यकता बनेको छ । यदि तथ्य अपुरा छन् भने नयाँ तथ्य खोज्ने गरी अध्ययन अनुसन्धान गर्नुपर्छ । त्यस्तो कार्यहरुको लागी यस अनुसन्धान परिषद्को स्थापना भएको हो । त्यसकारण अनुसन्धान परिषद् सशक्तिकरण हुन आवश्यक छ । बजेट लगाएत प्राविधिक जनशक्ति थप्ने कुराहरुमा राज्यले दरबन्दी सिर्जना गर्नुपर्छ । सातै प्रदेशमा शाखा खोल्ने हाम्रो योजना रहेको छ । प्रदेश स्तरीय सहयोगमा गाउँपालिका, नगरपालिका क्षेत्र सम्म अनुसन्धान समन्वय गर्ने गरी जानुपर्छ ।
पोलिसी लेबलमा कती सपोर्ट भयो भन्ने कुरा छुट्टै अध्ययनको पाटो हुन सक्छ अहिले सम्म अनुसन्धान परिषदले सुइक्रित दिएका सबै अनुसन्धानहरु लाई हामीले बस्तुगत हिसाब ले केलाउदै छौ यसले पोलिसी लेबल मा कती असर पार्यो राज्यले यसलाई कती खर्च गर्दै छ अथवा दातृ बाट कसरी काम भइराखेको छ यसको बारेमा हामीले समग्र हिसाबमा अध्ययन गर्दै छौ । त्यस्को नतिजा पश्चात केही भन्न सकिन्छ । पछिल्लो दिनमा हामीले प्रमाण संश्लेषण शिर्षक अन्तर्गत जती प्रमाणहरु पाएका छौ त्यसलाई संकलन गरेर एकमुस्ट हिसाबले हेरेर पोलिसी गाइडलाइन बनाउने गरी काम गर्दैछौ ।
अन्र्तराष्ट्रिय नारी दिवसको अवसरमा सम्पुर्ण महिलाहरुको शाररीक र मानसिक स्वास्थ्य राम्रो रहोस् भन्ने कामना छ ।