काठमाडौं । महिलाहरुले आफुलाई स्वस्थ राख्नका लागि के कस्ता कुरामा ध्यान दिने भन्ने एउटा चासोको विषय हुन सक्छ । स्वस्थ जीवन सबैको चाहना भए पनि सधैं स्वस्थ रहन सकिदैंन । यद्यपि मानिसले स्वस्थ रहनका लागि प्रयत्न भने गरिरहेकै हुन्छ । महिलाले आफ्नो स्वास्थ्यलाई कसरी ध्यान दिने भन्नेबारे केही कुराहरु प्रस्तुत गरिएको छ ।
दैनिक घरेलु कामकाज गर्ने महिलाहरुले पनि मर्निङ वाक गर्नुपर्छ । यदि शरीरमा रोगले आक्रमण गरेपछि मात्रै हिँड्न सुरु गरियो भन्ने रोगले च्यापिसक्दा हिँड्न सकिदैन । हामीले हिँडेर मुटुको घड्कन बढाउन सक्छौ तर घरमा काम गरेर मुटुको घड्कन बढ्दैंन । ४० देखी ४५ वर्षको महिलाको मुटुको धड्कन १३० को हाराहारीमा हुनुपर्छ। त्यसका लागि तीन चार तलाको भ¥याङ चढ्नुपर्ने हुन्छ । त्यसैले कुनै पनि भ्रम नराखी दैनिक कम्तीमा ३० मिनेटको मर्निङ वा इभिनिङ वाक गर्नुपर्ने हुन्छ ।
खानपिनमा कसरी ध्यान दिने
४५ वर्ष भन्दा मुनिका प्रायलाई जस्तो सुकै खाना पनि पचाउन सजिलो हुन्छ । यदि ४५ वर्ष नपुग्दै तौल बढ्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिएको खण्डमा खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि स्वास्थ्य समस्या नभएका ४५ वर्ष भन्दा कम उमेरका महिलाहरुलाई भने खाने स्वतन्त्रता हुन्छ ।
मोटोपना नियन्त्रण
४५ वर्षभन्दा कम उमेरका महिलाहरुको कम्मरको मोटाई ८८ सेन्टिमिटर भन्दा कम र हिपको रेसियो ०।९ मन्दा कम हुनु राम्रो मानिन्छ । त्यस्तै उचाई १०० सेन्टिमिटर सम्म भएको राम्रो मानिन्छ । ४५ वर्षभन्दा कम उमेरमा नै मोटोपनाको समस्या देखिएका महिलाहरुमा महिनावारी सुक्ने समस्यामा विभिन्न प्रकारका रोगहरु देखा पर्न थाल्छन्।
चुरोट र मदिरा सेवन
चुरोट तथा मदिराको सेवन पुरुषको तुलनामा महिलाहरुका लागि बढी हानिकारक मानिन्छ । एउटा महिलाले दैनिक ४ वटा चुरोट खानु र पुरुषले खानुमा त्यसले गर्ने असर महिलालाई बढी हुन्छ । कोलेस्ट्रोल उच्च भएका महिलाहरुले चुरोट खाएमा हृद्यघातको जोखिम बढी हुन्छ ।
महिलाको मुटु
महिलाको मुटु पुरुषको तुलनामा बढी भावनात्मक हुन्छ । महिलाको मुटु आकार , रक्तनली लगायतका कुराहरु पुरुषको भन्दा फरक हुन्छ । मुटुलाई हर्मोनले पार्ने असर पुरुषको तुलनामा बढी हुन्छ । पुरुषको तुलनामा महिलाको मुटु बढी संवेदनशील हुन्छ । मुटु रोगको पहिचान महिलाको तुलनमा पुरुषमा केही सहज हुन्छ । महिलाहरुमा कन्फ्युजिङ लक्षणहरु देखिन्छन् । महिलाहरुमा पुरुषको तुलनामा मुटु रोगको जोखिम कम भएपनि मुटु रोग लागेमा पुरुषको तुलनामा महिलामा बढी जटिलता हुन्छ ।